धावनमार्गबाट चिप्लिएको विमान दुई टुक्रा भएपछि | Khabarhub Khabarhub

धावनमार्गबाट चिप्लिएको विमान दुई टुक्रा भएपछि


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको लजिस्टिक कम्पनी डीएचएलद्वारा सञ्चालित बोइङ ७५७ कार्गो विमान धावनमार्गमा चिप्लिएपछि दुई टुक्रा भएको छ ।

मध्य अमेरिकी मुलुक कोष्टा रिकाको राजधानी सान होजेस्थित हुआँ सान्टामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अवतरण गर्ने क्रममा विमानमा हाइड्रोलिक समस्या आएपश्चात धावनमार्गबाट चिप्लिएको हो ।

ग्वाटेमालाका लागि उडेको विमानमा समस्या देखिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आकस्मिक अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानतर्फ पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्थानीय ला नेसियन समाचारपत्रले सार्वजनिक गरेको तस्वीरमा पहेँलो रङ्ग पोतिएको विमान दुई टुक्रा भएको देखिन्छ । दुर्घटनाका क्रममा यस विमानमा सवार कसैलाई केही नभएपनि एकजनाको स्वास्थ्य परीक्षण भइरहेको डीएचएल कम्पनीले जनाएको छ ।

कम्पनीले दुर्घटनाको ठोस कारण पत्ता लगाउन अनुसन्धान अगाडि बढाएको जनाइएको छ । दुर्घटनाका अनुसन्धानका लागि कम्पनीले स्थानीय अधिकारीसँग सहकार्य गर्ने बोइङले जनाएको छ ।

दुर्घटनाका कारण केहीबेर विमानस्थलको गतिविधि रोकिँदा ८ हजार ५ सय यात्रु र ५७ व्यावसायिक उडान प्रभावित भएको विमानस्थल सञ्चालक कम्पनी एरिसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : २२ बजे

उषाकिरणले भनिन्- एउटा व्यक्तिको महत्वाकांक्षाका लागि पार्टीलाई विनाशतिर लानु हुँदैन, ओलीले बिदा लिनै पर्छ

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 

ललितपुर– नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा