आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको तेस्रो जित | Khabarhub Khabarhub

आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको तेस्रो जित


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित दर्ता गरेको छ । पुनेमा भएको खेलमा बैंगलोरले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमै पुरा गरेको हो ।

बैंगलोरका लागि अनुज रावत ६६, विराट कोहलीले ४८ रन बनाए भने कप्तान फाप डु प्लेसिस १६ रनमा समेटिए । मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले एकएक विकेट हात पारे ।

२० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको मुम्बईका लागि सूर्यकुमार यादवले ६८, कप्तान रोहित शर्मा र इशान किशनले समान २६–२६
रन जोडे । बैंगलोरका हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले २–२ विकेट लिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । अंक जोड्न नसकेको मुम्बईको यो चौंथो हार हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ५५ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ