निर्माणाधीन तेह्रमध्ये पाँच पुल यसै आर्थिक वर्षमा सकिने « Khabarhub

निर्माणाधीन तेह्रमध्ये पाँच पुल यसै आर्थिक वर्षमा सकिने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लामा निर्माणाधीन तेह्रमध्ये पाँच पुल यसै आर्थिक वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

पूर्वाधार विकास एकाइ कार्यालयका अनुसार शालिकराम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वाला खोला पुल, ऋषिङ–५ लुक्दी खोला र घिरिङ–४ को तिरमदी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल तथा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलाको पुल पनि यसै आवमा सम्पन्न गर्ने लक्ष्य छ ।

सिनियर डिभिजन इञ्जीनियर घिमिरेका अनुसार निर्माणधीन अवस्थामा रहेका पाँच सडकको म्याद थप गरी निर्माण अघि बढाइएको छ ।

दुलेगौडा–हर्कपुर सडक असारसम्म, भानुमार्ग फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्ग फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी असोजसम्म म्याद थपका लागि मन्त्रालयलाई पत्राचार गरिएको छ ।

घिरिङ हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा र पाल्पा जोड्ने गरी शालिकराम करिडोर तीव्र गतिमा निर्माण भइरहेको छ । करिब ६८ किलोमिटरमध्ये दासढुङ्गा–देउपुरसम्मको ६ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ३५ बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्