हारको झोकमा समर्थकको फोन मिल्काइदिएपछि रोनाल्डोले मागे माफी | Khabarhub Khabarhub

हारको झोकमा समर्थकको फोन मिल्काइदिएपछि रोनाल्डोले मागे माफी


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानचेष्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पटक पटक विवादमा आउने गरेका छन् । कहिले सामाजिक संजालमा धेरै फोलवरका कारण, कहिले गोल नगरेर त कहिले गोल गरेर । 

रोनाल्डोले विवादलाई पछ्याँ‍उछन् कि विवादले रोनाल्डोलाई भनेर फुटबल पण्डितहरु टिप्पणी गर्दै आएका छन् । अन्तर्राष्ट्रिय खेलमा विश्वमै सबैभन्दा बढि गोल गर्ने खेलाडी रोनाल्डो पुन विवादमा मुछिएका छन् ।

म्यानचेष्टर युनाइटेड एभर्टनसँग १–० गोल अन्तरले पराजित भएसँगै रोनाल्डोले एक समर्थकको फोनमाथि रिस पोखेका थिए  । मैदानबाट ड्रेसिङ रुमतर्फ जाने क्रममा निराश भएका रोनाल्डोले ती समर्थकको फोन मिल्काइदिए ।

घटना सामाजिक सञ्जालमा पनि निकै भाइरल भएको थियो । पछि भने रोनाल्डोले आफ्नो व्यवहारको लागि माफी मागेका छन् । आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमा माफी माग्दै रोनाल्डोले ती समर्थकलाई म्यान्चेष्टरको गृह मैदान ओल्ड ट्राफोर्डमा खेल हेर्न आउन समेत निम्ता दिए ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्– ‘असहज परिस्थितिमा भावनासँग जुध्न कहिले पनि सजिलो हुँदैन । अहिले हामी त्यस्तै परिस्थितिको सामना गर्दैछौँ । यद्यपि, हामीले यो सुन्दर खेल मनपराउने युवाहरूका लागि सधैँ धैर्यतापूर्वक, सम्मानजनक र उदाहरणीय कार्य गर्नुपर्दछ । म मेरो आक्रोशको निम्ति क्षमा चाहन्छु । र, यदि सम्भव भए, निष्पक्ष खेल तथा स्पोर्टसम्यानसिपको उदाहरणस्वरूप म ती समर्थकलाई ओल्ड ट्राफोर्डमा एक खेल हेर्नको निम्ति बोलाउन पनि चाहन्छु ।’

म्यानचेष्टर युनाइटेडको लागि यो पराजयले कस्तो असर पर्दछ ?

एभर्टनसँग पराजित भएसँगै म्यानचेष्टर युनाइटेडका लागि अर्को सिजनको च्याम्पियन्स लिग छनौट चुनौतीपूर्ण बनेको छ ।

जारी प्रिमियर लिगको खेल तालिकामा ३१ मध्ये १४ खेल जितेको म्यानचेष्टर युनाइटेड ५१ अंकसहित सातौँ स्थानमा छ ।

अंक तालिकाको चौथो स्थानमा रहेको टोटनह्याम हट्सपरको ३१ खेलबाट १८ जितका साथ ५७ अंक छ ।

अंक तालिकाको शीर्ष चारमा रही च्याम्पियन्स लिग खेल्न म्यानचेष्टरले अंक तालिकाको क्रमशः पाचौँ र छैटौँ स्थानमा रहेका आर्सनल र वेस्ट ह्याम युनाइटेडलाई पछि पार्नुपर्ने छ ।

आर्सनलको ३० खेलबाट १७ जितका साथ ५४ अंक छ भने वेस्ट ह्याम युनाइटेडको ३१ खेलबाट १५ जितका साथ समान ५१ अंक छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ४८ बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित