समाजवादीद्वारा उम्मेद्वारका लागि मापदण्ड तय « Khabarhub

समाजवादीद्वारा उम्मेद्वारका लागि मापदण्ड तय


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड तय गरेको छ ।

काठमाडौँमा सम्पन्न भएको पार्टीको २० औं केन्द्रीय सचिवालय बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड तय गरेको हो ।

उम्मेदवार सिफारिस तथा छनोटको गर्दा सबैभन्दा पहिला पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको व्यक्ति हुनुपर्नेछ । त्यस्तै पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको र जनतामा स्थापित एवं लोकप्रिय भएको हुनुपर्ने समाजवादीको मापदण्ड छ ।

त्यस्तै स्वच्छ छवि भएको र सुशासनको पक्षपाती भएको, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिने मापदण्ड समाजवादीले तोकेको हो ।

समाजवादीले स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रियासमेत तय गरेको छ । जसमा वडा सदस्यका लागि पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीले निर्णय गर्नेछ ।

वडाध्यक्षका लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि पार्टी पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको हकमा भने केन्द्रीय कमिटीले निर्णय गर्नेछ । त्यसका लागि पार्टीको सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले सिफारिस गर्नुपर्नेछ ।

कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गर्नेछ । सिफारिस गर्ने क्रममा सर्वसम्मति भएमा सोही नाम पठाउने र सर्वसम्मति नभएमा आकांक्षीमध्ये कम्तीमा एक महिलासहित तीन जनाको नाम पठाउनुपर्नेछ ।

उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने निर्णयसमेत सचिवालय बैठकले गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : २७ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष