फुटसलमा नेपाल उज्बेकिस्तानसँग पराजित « Khabarhub

फुटसलमा नेपाल उज्बेकिस्तानसँग पराजित


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा उज्बेकिस्तानसँग पराजित भएको छ ।

किर्गिजस्तानको राजधानी बिस्खेकमा आइतबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको हो ।

उज्वेकिस्तानको जितमा रोपिभ इख्तियारले २ तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एलमुरोदोभ एब्बोसले समान १ गोल गरे । नेपालका लागि मणि लामाले १ गोल गर्न सफल भए ।

नेपालका लागि मणिले खेलको २८ औँ मिनेटमा गोल गरेका हुन् । छनोटमा नेपाल उज्बेकिस्तान, अफगानिस्तान र ताजिकिस्तानसँगै सेन्ट्रल एण्ड साउथ जोनको समुह बीमा छ ।

छनोटअन्तर्गत सोमबार नेपाल र ताजिकिस्तान आमने सामने हुनेछन् । छनोटको अन्तिम खेलमा भने नेपाल र अफगानिस्तान चैत्र २९ गते भिड्नेछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : २३ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति