नयाँ वर्षमा कमेडी, नृत्य र ध्यान मिश्रित सेलेब्रेसन « Khabarhub

नयाँ वर्षमा कमेडी, नृत्य र ध्यान मिश्रित सेलेब्रेसन


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काडमाडौँको टुँडी खेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, सांगीतिक प्रस्तुति, नृत्य लगायत विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ वर्ष मनाउनु विगतको भन्दा बेग्लै अनुभव हुनेछ’ आयोजक स्वामी आनन्द अरुणले भने ‘नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गराऔं भन्ने अर्को उद्देश्य पनि हो ।’ नयाँ वर्ष ध्यानमा रमाउन सहयोग समेत गर्न लागेको आनन्द अरुणको भनाई रहेको छ ।

कार्यक्रममा स्वामी आनन्द अरुणले सत्सङ्ग तथा ध्यान, विश्वप्रसिद्ध निर्गुण कबिरवाणी गायक पद्मश्री विभूषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको बाहेक ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । हाँस्य कलाकार मनोज गजुरेको समेत कमेडी प्रस्तुति रहने कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक, रोशन शर्माले समेत दर्शकलाई मनोरञ्जन दिलाउने आयोजकको भनाई रहेको छ ।

मौलिक नेपाली पर्वहरू ओझेलमा परिरहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र