१७ प्रतिस्पर्धीबाट ‘नेपाल आइस मिस उर्लाबाली’ छानिँदै « Khabarhub

१७ प्रतिस्पर्धीबाट ‘नेपाल आइस मिस उर्लाबाली’ छानिँदै


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाल आइस मिस उर्लाबारी सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

चैत्र २८ गते सोमबार साँझ हुने नेपाल आइस मिस उर्लाबारीको तेस्रो संस्करणका लागि १७ जना अन्तिम प्रतिस्पर्धी युवतीहरू ताज जित्ने होडमा छन् ।

बीस दिन विभिन्न क्षेत्रका विज्ञहरूबाट ईपीएस, व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहाससम्बन्धी प्रशिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धीहरूबाट तेस्रो मिस उर्लाबारी २०२२ छनौट गरिनेछ ।

त्यस्तै, फर्स्ट रनरअप, सेकेन्ड रनरअपसँगै मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस बेस्टवाक, मिस फ्रेन्डशिप, मिस एथलेट, मिस पब्लिकचोइस, मिस फोटोजेनिकलगायतका सब टाइटल एवार्डहरू रहेका छन् ।

विजेताले पचास हजार, फर्स्ट रनरअपले तिस हजार र सेकेन्ड रनरअपले बिस हजार नगदसँगै अन्य पुरस्कारहरू प्राप्त गर्ने छन् ।

मिस उर्लाबारीमा कुमकुम चौधरी, प्रमिषा धिमाल, विद्या दाहाल, दिया दाहाल, शाकिरा कार्की, सुष्मिता खत्री, निहारिका भट्टराई, आस्था भट्टराई,अभिशा रिमाल, अंकिता कटवाल,ज्वाला लिम्बु, मनिषा थापा, सोफिया लिम्बु, अंकिता बरुवाल, नेलीना कट्टेल, चंचल शाह, निशा धिमाललगायतका प्रतिस्पर्धीहरू छन् ।

सबिना पोदारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशनहब उर्लाबारी तथा विशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको छ ।

यसअघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन् ।

स्थानीय युवतीहरूको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिस्पर्धीहरूलाई निशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने आयोजक जीवन चिमरिया बताउँछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ५० बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना