१७ प्रतिस्पर्धीबाट ‘नेपाल आइस मिस उर्लाबाली’ छानिँदै « Khabarhub

१७ प्रतिस्पर्धीबाट ‘नेपाल आइस मिस उर्लाबाली’ छानिँदै


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाल आइस मिस उर्लाबारी सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

चैत्र २८ गते सोमबार साँझ हुने नेपाल आइस मिस उर्लाबारीको तेस्रो संस्करणका लागि १७ जना अन्तिम प्रतिस्पर्धी युवतीहरू ताज जित्ने होडमा छन् ।

बीस दिन विभिन्न क्षेत्रका विज्ञहरूबाट ईपीएस, व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहाससम्बन्धी प्रशिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धीहरूबाट तेस्रो मिस उर्लाबारी २०२२ छनौट गरिनेछ ।

त्यस्तै, फर्स्ट रनरअप, सेकेन्ड रनरअपसँगै मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस बेस्टवाक, मिस फ्रेन्डशिप, मिस एथलेट, मिस पब्लिकचोइस, मिस फोटोजेनिकलगायतका सब टाइटल एवार्डहरू रहेका छन् ।

विजेताले पचास हजार, फर्स्ट रनरअपले तिस हजार र सेकेन्ड रनरअपले बिस हजार नगदसँगै अन्य पुरस्कारहरू प्राप्त गर्ने छन् ।

मिस उर्लाबारीमा कुमकुम चौधरी, प्रमिषा धिमाल, विद्या दाहाल, दिया दाहाल, शाकिरा कार्की, सुष्मिता खत्री, निहारिका भट्टराई, आस्था भट्टराई,अभिशा रिमाल, अंकिता कटवाल,ज्वाला लिम्बु, मनिषा थापा, सोफिया लिम्बु, अंकिता बरुवाल, नेलीना कट्टेल, चंचल शाह, निशा धिमाललगायतका प्रतिस्पर्धीहरू छन् ।

सबिना पोदारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशनहब उर्लाबारी तथा विशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको छ ।

यसअघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन् ।

स्थानीय युवतीहरूको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिस्पर्धीहरूलाई निशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने आयोजक जीवन चिमरिया बताउँछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै