आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा | Khabarhub Khabarhub

आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लखन सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थान चार खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो ।

राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो । लखनउका क्विन्टन डी ककले ३९, मार्कुस स्टोनिसले ३८, दिपक होडाले २५, क्रुनाल पाण्डयले २२ रन बनाउँदा दुश्मन्था चामिराले १३ रन जोडे ।

राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

राजस्थानका लागि शिम्रन हिटमायर ५९, देबदूत पडिकलले ३९ रन जोड्दा रविचन्द्र आश्विनले २८ रन बनाए । लखनउका जासन होल्डर र कृष्नपा गोथामले दुईदुई विकेट लिए ।

यो जितसँगै राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ । लखनउको ५ खेलमा ६ अंक नै छ । लखनउ पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ६ : ०३ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।