अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो | Khabarhub Khabarhub

अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएको लमजुङको पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएको छ ।

झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् । दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक केही समययता बढ्दै गएको हो ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीमा उत्साह छाएको छ। मंसिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । दुई वर्षसम्म कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको पर्यटन व्यवसायी पारु गुरुङ बताउँछिन् ।

अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढी आउने गरेका छन् ।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख गौतमले बताए । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगत हुँदै मनाङको बगरछाप पुगेर चामे हुँदै थोराङपास हुँदै मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीको बाटो भएर पोखरा पुगिन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : ३३ बजे

अमेरिकी पेस्तोलसहित भारतीय नागरिक धनुषामा पक्राउ

धनुषा : प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मीपुरबाट एकजनालाई पेस्तोलसहित

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

एजेन्सी– संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर

वैतेश्वरमा ९९.४१ प्रतिशत योजना सम्पन्न

दोलखा– बैतेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

वामदेव भन्छन् : निर्वाचन प्रणाली संशोधन गरौँ, कार्यकारी राष्ट्रपतिमा जाऔँ

काठमाडौं- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकलाई दिर्घकालीन रुपमा स्थिरतातर्फ

सरकार छाड्ने भएपछि कानुनमन्त्रीले गरेनन् न्यायाधीश नियुक्तिको निर्णय

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार नयाँ समीकरण बनेर