धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशनः शेयर बजारलाई उत्तेजित गराउने प्रवृति निरुसाहित गर्नुहोस् « Khabarhub

धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशनः शेयर बजारलाई उत्तेजित गराउने प्रवृति निरुसाहित गर्नुहोस्


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृत्ति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७ आौँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले शेयर बजारलाई नै प्रभावित पार्ने गरी हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिएका हुन् । मुलुकको अर्थतन्त्र उदयीमान रहेको भन्दै उनले बैकिङ प्रणालीलगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिबिम्ब नै शेयर बजारमा देखिने भएकाले उत्तेजित र गिराउने प्रवृत्ति रोक्नका लागि बोर्ड सधैँ चनाखो हुनुपर्नेमा जोड दिए ।

मन्त्री खतिवडाले रेमिट्यान्सबाट आएको पैसालाई शेयर बजारमा लगाउनका लागि बैंक र बोर्ड आपसमा मिलेर योजना बनाउन पनि आग्रह गरे । बैकमा खाता नभई रोजगारीमा नपठाउने तथा तलबभत्ताको निश्चित रकम बैकिङ प्रणालीबाटै पठाउनुपर्ने र त्यसरी पठाएको रकमबाट शेयरमा सहभागी हुन चाहेमा स्वतः हुने व्यवस्था मिलाउन सके रेमिट्यान्सको केही हिस्सा शेयर बजारमा लगाउन सकिने तर्क गरे ।
कमोडिटी मार्केटलाई अझै पनि संस्थागत गर्न नसकिएको स्वीकार गर्दै मन्त्री खतिवडाले जोखिममा रहेर काम गर्ने संस्थाहरुको नियमनका लागि नियामक निकायहरु चनाखो र प्रभावकारी बन्नुपर्ने आवश्यकता औँल्याए ।

लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास र नियमन गर्ने मुख्य उद्देश्यले सरकारद्धारा नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरेको हो । तर पूँजी बजारको विकास र नियमनमा बोर्डको भूमिका प्रभावकारी बन्न नसकेको गुनासो हुदै आएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ५ : ०६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते