बैतडीमा विद्युत् सामग्रीको चरम दुरुपयोग | Khabarhub Khabarhub

बैतडीमा विद्युत् सामग्रीको चरम दुरुपयोग


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत् विस्तार हुन नसक्दा त्यहाँका बासिन्दा अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् । केही ग्रामीण क्षेत्रमा बिद्युत् तार र खम्बा अपुग हुँदा बिजुली बल्न सकेको छैन । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत् खम्बा र तारको चरम दुरुपयोग भएको पाइन्छ ।

जिल्लाको सिगास गाउँपालिका वडा न. ७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत् तारले बार लगाइएको छ । स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत् तारको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवतजावत गर्ने सबैले तारको दुरुपयोग प्रस्ट देख्छन् तर कोही बोल्दैनन् ।

खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत् तारहरुबाट आरन व्यवसायीहरूले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाँडाकुँडा बनाउने गर्दछन् । सिगास-४ मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।

उक्त तार स्थानीय तह हुनुपुर्व नै वैकल्पीक उर्जा प्रवर्धन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पूर्णरुपमा बन्द भैसकेको छ । उक्त विद्युत् सञ्चालनका बखत प्रयोग भएका काठका खम्बा ५ वर्षमै कुहिएपछि तारको स्थानीयवासीले भाँडाकुँडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् ।

यसैगरी सिगास १ मा एक पक्की घर निर्माणाधीन अवस्थामा छ । स्थानीय लोकराज भट्टको उक्त घरमा पिल्लरमाथि छडको सट्टा विद्युतका खम्बा प्रयोग गरिएका छन् भने, शौचालयको खाडलमा समेत विद्युत् खम्बाको प्रयोग गरिएको छ । भट्टले शौचालयको खाडलमा विद्युत् पोलहरु तेर्साएर माटो हालेका छन् । २०७५मा स्थानीय तह र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा विद्युत् आयोजना निर्माण हुँदा उनी आफै उपभोक्ता समिति अध्यक्ष रहेकाले विद्युत् सामग्रीको दुरुपयोग गरेको स्थानीयवासीको भनाई छ ।

केही ठाउँमा ठेकेदारको लापरबाहीले गर्दा गाउँघरमा विद्युत् तार र पोल पुगाइएको छ ।  तर, जडान गरिएको छैन । तार, पोल तथा ट्रान्सफर्मर अलपत्र छाडिएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न. ५ र ६को विभिन्न खोलामा तार, पोल तथा मेसिन अलपत्र छाडिएका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : २९ बजे

इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन

जेरुसलेम- गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा

विवाहेत्तर यौनसम्बन्ध : अपराध कि आत्मनिर्णय ?

नेपाली समाजमा विवाह र यौनसम्बन्ध सधैं एकअर्कासँग गाँसिएका विषय मानिँदै

काभ्रेपलाञ्चोकमा ‘लापसे’ परीक्षण अभियान : २० चालक पक्राउ

 काभ्रेपलाञ्चोक– ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन

कोरोना महामारीमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्केन 

म्याग्दी– कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा

अहिलेको सरकार प्रभावकारी देखिएको छ : महासचिव पोखरेल

दोधारा चाँदनी– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले