बैतडीमा विद्युत् सामग्रीको चरम दुरुपयोग « Khabarhub

बैतडीमा विद्युत् सामग्रीको चरम दुरुपयोग


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत् विस्तार हुन नसक्दा त्यहाँका बासिन्दा अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् । केही ग्रामीण क्षेत्रमा बिद्युत् तार र खम्बा अपुग हुँदा बिजुली बल्न सकेको छैन । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत् खम्बा र तारको चरम दुरुपयोग भएको पाइन्छ ।

जिल्लाको सिगास गाउँपालिका वडा न. ७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत् तारले बार लगाइएको छ । स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत् तारको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवतजावत गर्ने सबैले तारको दुरुपयोग प्रस्ट देख्छन् तर कोही बोल्दैनन् ।

खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत् तारहरुबाट आरन व्यवसायीहरूले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाँडाकुँडा बनाउने गर्दछन् । सिगास-४ मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।

उक्त तार स्थानीय तह हुनुपुर्व नै वैकल्पीक उर्जा प्रवर्धन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पूर्णरुपमा बन्द भैसकेको छ । उक्त विद्युत् सञ्चालनका बखत प्रयोग भएका काठका खम्बा ५ वर्षमै कुहिएपछि तारको स्थानीयवासीले भाँडाकुँडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् ।

यसैगरी सिगास १ मा एक पक्की घर निर्माणाधीन अवस्थामा छ । स्थानीय लोकराज भट्टको उक्त घरमा पिल्लरमाथि छडको सट्टा विद्युतका खम्बा प्रयोग गरिएका छन् भने, शौचालयको खाडलमा समेत विद्युत् खम्बाको प्रयोग गरिएको छ । भट्टले शौचालयको खाडलमा विद्युत् पोलहरु तेर्साएर माटो हालेका छन् । २०७५मा स्थानीय तह र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा विद्युत् आयोजना निर्माण हुँदा उनी आफै उपभोक्ता समिति अध्यक्ष रहेकाले विद्युत् सामग्रीको दुरुपयोग गरेको स्थानीयवासीको भनाई छ ।

केही ठाउँमा ठेकेदारको लापरबाहीले गर्दा गाउँघरमा विद्युत् तार र पोल पुगाइएको छ ।  तर, जडान गरिएको छैन । तार, पोल तथा ट्रान्सफर्मर अलपत्र छाडिएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न. ५ र ६को विभिन्न खोलामा तार, पोल तथा मेसिन अलपत्र छाडिएका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : २९ बजे

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई