निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन प्रधानमन्त्री देउवाको आग्रह  « Khabarhub

निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन प्रधानमन्त्री देउवाको आग्रह 


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह  गरेका छन् ।

आज शहरी विकास मन्त्रालयले काठमाडौँमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरेका हुन् । आगामी दिनमा सरकारी कार्यक्रमहरु आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी वर्षदेखि नै पाइलट प्रोजेक्ट सुरु गरिने बताए ।

शहरीकरणमा देखिएमा समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्न नयाँ शहरी नीतिमार्फत समुन्नत राष्ट्रिय शहरी विकास र शहरी प्रणालीको विकास गर्नुपर्ने उनले बताए । उनले काठमाडौँ उपत्यकामा देखिएका फोहर व्यवस्थापनको समस्या समाधानका लागि फोहरबाट ऊर्जा उत्सर्जनमा मन्त्रालयले ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई नरुचाउनेले कुनै न कुनै रुपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरत गरिरहेको बताएका छन् । उनले विकास निर्माणसम्बन्धी कानून बनाउँदा मुलुकमा भएका परिवर्तनलाई सम्बोधन गर्न जरुरी रहेको उल्लेख गरेका छन् । त्यस्तै प्रचण्डले शहरलाई व्यवस्थित गर्ने सन्दर्भमा भएका कमीकमजोरीको समीक्षा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको नयाँ विकासको खाका अनुसार प्रारुप दिनुपर्नेमा जोड दिए। दिर्घकालीन नीतिका आधार बनाएर मुलुकको विकासको बाटो तयार गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय शहरी नीति, शहरी विकास ऐनका विषयमा सरोकारवाला सबैसंग सुझाव लिएर अघि बढ्ने धारणा राखिन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ४८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब