स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति दिएकी हुन् । ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : २१ बजे

काम गर्नेलाई गफ गर्नेसँग तुलना गर्न मिल्दैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ

रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरी बोरिसोभको स्थानमा दिमित्री

एलिनाको गुनासो- ‘धोकेबाज’ शब्द सुन्दा आफैंलाई भने झैँ लाग्छ

काठमाडौं- गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालिएको गुनासो

कैलालीको गोदावरीमा आमा र नाबालक छोरी घरभित्रै मृत भेटिए

धनगढी- कैलालीको गोदावरीमा आमाछोरी एकसाथ मृत अवस्थामा भेटिएका छन् ।

मालपोत कार्यालय बारामा छड्के अनुगमन, १७ कर्मचारी अनुपस्थित

रौतहट – जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार भूमि सुधार