झरना लेख्छिन्,’हामीलाई परेको समस्या तपाईंलाई पनि पर्छ’ « Khabarhub

झरना लेख्छिन्,’हामीलाई परेको समस्या तपाईंलाई पनि पर्छ’


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री तथा निर्देशक झरना थापाले आफू तोकिएको डेटबाट पछि नहट्ने बताएकी छिन् ।

उनको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ ले विदेशी फिल्मको तुलनामा कम शो पाएको चर्चा भइ रहँदा केही दिन यता फिल्म सर्न सक्ने हल्ला पनि चलिरहेको छ । यसलाई सामाजिक सञ्जाल मार्फत प्रस्ट्याउँदै झरनाले मैदान छाडेर नभाग्ने बताएकी हुन् ।

‘कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको हामीले थाहा पायौँ । यसमा हामीलाई दुःख लागेको छ । चाहे जस्तोसुकै परिस्थिति आओस्, हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ति पनि पछि हटेका छैनौँ’ झरनासँगै निर्माता रहेका उनका पति सुनिलकुमार थापाले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

दुबै जनाले फेसबुकमा स्टाटस लेख्दै शो विभाजनसँगै विदेशी फिल्मको दबदबालाई लिएर भोगिरहेको समस्याको बारेमा जानकारी गराएका छन् । फिल्म प्रदर्शनमा राष्ट्रवादको मुद्दाले स्थान पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता माझ यसको चर्चा बढ्दो छ । ‘अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नुपरेको छ । भोलि तपाईंले पनि लड्नुपर्ने नै छ । आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईंलाई बाँकी राख्छ त ?’ सुनिल र झरनाले आ–आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु