प्रो क्लब क्रिकेटमा मलेसियाको दोस्रो जित « Khabarhub

प्रो क्लब क्रिकेटमा मलेसियाको दोस्रो जित


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा मलेसियाले नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै जित निकालेको हो  ।

टस जितेर बलिङ रोजेको मलेसियाले नेपाल पुलिसलाई १९ ओभर ४ बलमा ९९ रनमै समेट्न सफल भयो । नेपाल पुलिसका लागि प्रेम तामाङले अविजित २८ रन र पवन सर्राफले २५ रन जोडे । 

१०० रनको लक्ष्य मलेसियाले १७ ओभरमा ९ विकेट गुमाएर भेटायो । मलेसियाको जितमा नजरिल रहमानले २७ र शर्विन मुनियान्दीले अविजित १८ रन जोडे ।

नेपालका पवन सर्राफले ३ तथा सागर ढकाल, करन केसी, मन्जित श्रेष्ठ र गुल्सन झाले १–१ विकेट लिए । खेल जितेसँगै मलेसिया ४ अंकसहित समुह ए तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको नेपाल पुलिस भने तालिकाको पुछारमा छ । तालिकामा रूपन्देही ११ ४ अंकसहित शीर्ष स्थानमा छ भने पुश स्पोर्टसअंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ११ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका

विश्वकप : लुकाकु चम्किँदा हारबाट जोगियो बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को