प्रो क्लब क्रिकेटमा मलेसियाको दोस्रो जित « Khabarhub

प्रो क्लब क्रिकेटमा मलेसियाको दोस्रो जित


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा मलेसियाले नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै जित निकालेको हो  ।

टस जितेर बलिङ रोजेको मलेसियाले नेपाल पुलिसलाई १९ ओभर ४ बलमा ९९ रनमै समेट्न सफल भयो । नेपाल पुलिसका लागि प्रेम तामाङले अविजित २८ रन र पवन सर्राफले २५ रन जोडे । 

१०० रनको लक्ष्य मलेसियाले १७ ओभरमा ९ विकेट गुमाएर भेटायो । मलेसियाको जितमा नजरिल रहमानले २७ र शर्विन मुनियान्दीले अविजित १८ रन जोडे ।

नेपालका पवन सर्राफले ३ तथा सागर ढकाल, करन केसी, मन्जित श्रेष्ठ र गुल्सन झाले १–१ विकेट लिए । खेल जितेसँगै मलेसिया ४ अंकसहित समुह ए तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको नेपाल पुलिस भने तालिकाको पुछारमा छ । तालिकामा रूपन्देही ११ ४ अंकसहित शीर्ष स्थानमा छ भने पुश स्पोर्टसअंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ११ बजे

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका