१३१ औँ अम्बेडकर जयन्ती मनाइयो « Khabarhub

१३१ औँ अम्बेडकर जयन्ती मनाइयो


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले मंगलबार १३१ औँ अम्बेडकर जयन्ती मनाएको छ । पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।

कार्यक्रममा डा. यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा जस्ता विद्वानहरुले आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय–नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको पनि आज उद्घाटन गरिएको हो।

त्यस्तै सो अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. यादवले सामाजिक न्याय र समावेशीकरणका लागि डा. भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गरे। पूर्व सभामुख ढुङ्गानाले नेपालसहित दक्षिण एसियाभरी नै अहिलेको परिपेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता माथि प्रकाश पारे।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ४७ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा