१३१ औँ अम्बेडकर जयन्ती मनाइयो « Khabarhub

१३१ औँ अम्बेडकर जयन्ती मनाइयो


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले मंगलबार १३१ औँ अम्बेडकर जयन्ती मनाएको छ । पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।

कार्यक्रममा डा. यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा जस्ता विद्वानहरुले आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय–नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको पनि आज उद्घाटन गरिएको हो।

त्यस्तै सो अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. यादवले सामाजिक न्याय र समावेशीकरणका लागि डा. भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गरे। पूर्व सभामुख ढुङ्गानाले नेपालसहित दक्षिण एसियाभरी नै अहिलेको परिपेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता माथि प्रकाश पारे।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै