मारिउपोलमा १ हजारभन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी « Khabarhub

मारिउपोलमा १ हजारभन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी मारिउपोल शहरमा एक हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ । रक्षा मन्त्रालयका अनुसार युक्रेनी सेनाको ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ सैनिकले आत्मसमर्पण गरेका हुन् ।

त्यस्तै, रुसी गणराज्य चेचेन्याका नेता रमजान कादिरोभले पनि मारिउपोल शहरमा १ हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएका थिए । उनले मारिउपोल शहरको एजोभस्तल औद्योगिक इलाकामा रहेका युक्रेनी सैनिकलाई पनि आत्मसमर्पण गर्न आह्वान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘एजोभस्तल इलाकामा अझै पनि २ सय घाइतेहरुले स्वास्थ्य सहायता प्राप्त गर्न सकेका छैनन् ।’ कादिरोभले सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन्, ‘त्यसैले उनीहरु र अरुका लागि पनि व्यर्थको यो प्रतिरोधलाई छाडेर परिवारसँग घर फर्केको राम्रो हुन्छ ।’

एजोभस्तल इलाका आसपास भीषण लडाइँहरू भइरहेको रोयटर्सले जनाएको छ । यदी मारिउपोलको एजोभस्तल इलाकामा कब्जा गरेको खण्डमा मारिउपोलको बन्दरगाह रुसी फौजको पूर्ण नियन्त्रणमा जाने जनाइएको छ ।

झण्डै सात साता लामो घेराबन्दीमा परेको मारिउपोलमा हजारौँको ज्यान गइसकेको हुनसक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ५८ बजे

७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही– सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित

यथास्थितिमा एमाले चल्न सक्दैन, नयाँ नेतृत्व आउनुपर्छ : गोकुल बास्कोटा

काठमाडौं– सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र पूर्वपत्रकार

विशेष महाधिवेशन पक्षधर कांग्रेसी नेता भन्छन्– मिति सार्ने षडयन्त्र नगरियोस्

काठमाडौं– महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने

पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको