मारिउपोलमा १ हजारभन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी « Khabarhub

मारिउपोलमा १ हजारभन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी मारिउपोल शहरमा एक हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ । रक्षा मन्त्रालयका अनुसार युक्रेनी सेनाको ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ सैनिकले आत्मसमर्पण गरेका हुन् ।

त्यस्तै, रुसी गणराज्य चेचेन्याका नेता रमजान कादिरोभले पनि मारिउपोल शहरमा १ हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएका थिए । उनले मारिउपोल शहरको एजोभस्तल औद्योगिक इलाकामा रहेका युक्रेनी सैनिकलाई पनि आत्मसमर्पण गर्न आह्वान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘एजोभस्तल इलाकामा अझै पनि २ सय घाइतेहरुले स्वास्थ्य सहायता प्राप्त गर्न सकेका छैनन् ।’ कादिरोभले सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन्, ‘त्यसैले उनीहरु र अरुका लागि पनि व्यर्थको यो प्रतिरोधलाई छाडेर परिवारसँग घर फर्केको राम्रो हुन्छ ।’

एजोभस्तल इलाका आसपास भीषण लडाइँहरू भइरहेको रोयटर्सले जनाएको छ । यदी मारिउपोलको एजोभस्तल इलाकामा कब्जा गरेको खण्डमा मारिउपोलको बन्दरगाह रुसी फौजको पूर्ण नियन्त्रणमा जाने जनाइएको छ ।

झण्डै सात साता लामो घेराबन्दीमा परेको मारिउपोलमा हजारौँको ज्यान गइसकेको हुनसक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ५८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार