नाइजेरियामा बन्दुकधारीको आक्रमणमा २३ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा २३ जनाको मृत्यु


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्य नाइजेरियाको बेनुइ राज्यमा बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । बेनुइ राज्यका दुई बस्तीमा बन्दुकधारीको समूहले आक्रमण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बन्दुकधारीले राज्यको गुमा जिल्लाको म्बड्वेम गाउँ र तारका जिल्लाको टिरोट्यु गाउँमा पसेर आक्रमण गरेको र यसक्रममा कम्तीमा पनि २३ जना मारिएको राज्यका गभर्नरको कार्यालयका प्रवक्ता नथानियल इक्युरले जनाएका छन् ।

इक्युरलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएका छन् र उनीहरुको राज्यकै अस्पतालहरुमा उपचार भइरहेको छ ।

उनले राज्यका गभर्नरले आक्रमणको निन्दा गरेको र सुरक्षा निकायहरुलाई अपराध नियन्त्रण र मानिसहरुको जीवन र सम्पत्तिको रक्षा गर्न आग्रह गरेको बताए ।

पछिल्ला केही महिनायता नाइजेरियामा हतियारधारीको समूहबाट हुने हिंसा उल्लेखनीय रुपमा बढेको छ भने गाईवस्तुको लुटपाट र सशस्त्र डकैतीका घटनामा पनि वृद्धि भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : ३८ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना