मिस्टर युनिभर्सका लागि देवा र लामा भारतको पुने प्रस्थान « Khabarhub

मिस्टर युनिभर्सका लागि देवा र लामा भारतको पुने प्रस्थान


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिस्टर युनिभर्समा भाग लिन नेपालबाट फिटनेश ट्रेनर सुरेश देवा भारतको पुने प्रस्थान गरेका छन् ।

आगामी अप्रिल १५ देखि १७ सम्म पुनेमा मिस्टर युनिभर्स आयोजना हुँदैछ । संसारभरका १ सय ९२ देशबाट सहभागिता रहने मिस्टर युनिभर्समा नेपालबाट सुरेश सहभागि हुने भएका हुन् ।

मिस्टर युनिभर्स एशियामै पहिलोपटक हुन लागेकाले पनि यसको चर्चा बढेको हो । मिस्टर युनिभर्सका लागि देवासँगै मरिस मान लामाको पनि सहभागिता रहने छ । लामाले विल्डिङमा सहभागिता जनाउने छन् भने देवाले मेन्स फिजिक १ सय ७१ सिएम क्याटोगरी मार्फत सहभागिता जनाउने छन् ।

देवाले यसअघि वर्ल्ड च्याम्पियन शिप, आर्नल क्लासिक एशिया, ओलपिया अमाच्युअर, एशियन च्याम्पियन शिप, एशियन विज, नेशनल च्याम्पिनयन शिप २०७५ लगायतमा सहभागिता जनाइसकेका छन् । देवा र लामालाई नेपाल ओलम्पिक कमिटीले पनि एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु