आइभोरी कोष्टका प्रधानमन्त्रीद्वारा राजीनामा, सानो आकारको सरकार बनाउने राष्ट्रपतिको तयारी « Khabarhub

आइभोरी कोष्टका प्रधानमन्त्रीद्वारा राजीनामा, सानो आकारको सरकार बनाउने राष्ट्रपतिको तयारी


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम अफ्रिकी मुलुक आइभोरी कोष्टको सरकारले राजीनामा दिएको छ । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार आइभोरियन प्रधानमन्त्री प्याट्रिक अचीले राष्ट्रपति अलासाने औवाटारासमक्ष सरकारको राजीनामा पेश गरेका हुन् ।

राष्ट्रपति औवाटाराले सरकारको राजीनामा सदर गरेको जनाइएको छ । उनलाई औवाटाराले गत वर्षको मार्च महिनामा प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीले राजीनामा बुझाएसँगै अर्को साता सरकारमा मन्त्रीहरुको संख्या घटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने राष्ट्रपति औवाटाराले जनाएका छन् । हाल ४१ मन्त्रालय रहेको आइभोरी कोष्टमा ३० मन्त्रीहरुमात्र समावेश गरी अर्को सरकार गठन गरिने उनको भनाइ छ ।

सानो सरकार विश्वव्यापी आर्थिक अवस्थाविरुद्ध जुझ्न प्रभावकारी हुने भन्दै सरकारको आकार घटाउन लागिएको अल जजीराले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  २ : ५५ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा