नियम विपरित शो चलाएपछि बिग, एफक्युब र बिएसआर मुभिजमाथि कारवाहीका लागि सिफारिस « Khabarhub

नियम विपरित शो चलाएपछि बिग, एफक्युब र बिएसआर मुभिजमाथि कारवाहीका लागि सिफारिस


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नियम विपरित रात्री सो सञ्चालन गरेको तथा टिकट दर नै नराखी टिकट बिक्री गरेको थाहा पाएपछि चलचित्र विकास बोर्डले काठमाडौँका तीन ठूला हललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

चलचित्र विकास बोर्डले शुक्रबार राजस्व अनुसन्धान विभाग तथा जिल्ला प्रशासन कार्यलयलाई पत्र लेख्दै तीनै हलमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो ।

बोर्डका अध्यक्ष दयाराम दाहालले बिग मुभिजले अनुमतिबिना बिहानैदेखि सो सञ्चालन गरेको र एफक्युबले टिकट दर नै नराखी टिकट बिक्री गरेको उजुरीका आधारमा कारबाहीका लागि राजस्वलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी गराए ।

‘अतिरिक्त सो सञ्चालन गर्नुअघि बोर्डसँग स्वीकृति लिनुपर्ने नियम छ जुन हलले पूरा गरेको पाइएन । यसैगरी केही हलले राजस्व छल्ने मनसायले टिकट दर नै प्रिन्ट नगरी पनि टिकट बेचेको पाइयो । यसलाई हामीले गम्भीर रुपमा लिँदै राजस्व र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका हौँ,’ बोर्ड अध्यक्ष दाहालले बताए ।

हलहरूले बारम्बार नियम मिचेपछि विकास बोर्डले अनुगमन गरेर कारबाही सिफारिस गरेको हो । पहिलोपल्ट बोर्डले राजधानीका ठूला हलविरुद्ध ‘एक्सन’ लिन लागेको हो । कर छली गरेको पाइएमा राजस्वले हल बन्द गर्ने , सामान जफत गर्ने र ५ लाख बराबरको जरिवाना तिराउन सक्ने पनि व्यवस्था छ ।

बिहीबारदेखि नेपालमा प्रदर्शन भएको डब फिल्म ‘केजीएफ २’ राजधानीका धेरै हलले दर्शकको माग भन्दै मध्यरात १ बजेदेखि देखाएका थिए । यो क्रममा बोर्डलाई पूर्व जानकारी गराई अनुमति लिनु पर्नेमा सो नलिईकन फिल्म देखाएकाले विकास बोर्ड अनुगमनमा सक्रिय भएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : २३ बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको