टिजरमा 'कपीराइट' नलाग्ने, उल्टै पुरस्कार पाइने | Khabarhub Khabarhub

टिजरमा ‘कपीराइट’ नलाग्ने, उल्टै पुरस्कार पाइने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिले सामाजिक सञ्जालमा राखिने प्राय कन्टेन कपिराइट लाग्ने हुन्छ ।

त्यो कन्टेन राखे वापत आम्दानी हुने भएकाले पनि ती मनीटाइज हुने गरेका छन् । यद्यपि फिल्म ‘प्रेमगन्ज’ को टिजर भने कपिराइट फ्री हुने भएको छ । बढी दर्शक माझ पुग्न आफ्नो कन्टेनलाई कपीराइट फ्री गरिएको निर्माण पक्षले जनाएको छ । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् ।

निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कारको पनि घोषणा गरिएको जानकारी गराएका छन् । तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

‘ भ्युज ,कमेन्ट र सेयरको आधारमा उत्कृष्ट हुने तीन युट्युब च्यानल , फेसबुक र टिकटकरलाई फिल्मको प्रिमियरमा आकर्षक पुरस्कार प्रदान गरिनेछ’ सेनले भने । निर्माता अनन्तमान श्रेष्ठका अनुसार  यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ ।  परिच्छेद सेनकै लेखन रहेको यो फिल्ममा बेनिशा हमाल, नरेश पौडेल, पवन भट्टराई, सिमरन खड्का, राइडर प्रशान्त आदि कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ४७ बजे

शिक्षकको प्रदर्शन २४ औँ दिनमा : अदालतको आदेशले आन्दोलन नरोकिने

काठमाडौं – काठमाडौंको सडकमा २४ दिनदेखि निरन्तर प्रदर्शनरत शिक्षकको आन्दोलन

मोटोपन लुकाउन कस्तो कपडा लगाउने ?

काठमाडौं- मोटोपन आधुनिक जीवनशैलीमा सबैको लागि समस्या बनिरहेको छ ।

डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गर्‍यो : दक्षिण कोरिया

काठमाडौं- चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डिपसिकले प्रयोगकर्ताको सहमति बिना नै

केही भूभागमा हल्का वर्षाको सम्भावना, तराई क्षेत्रमा गर्मी बढ्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बजेट अधिवेशन आजदेखि सुरु हुँदै, प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं– सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ ।