सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेस निर्णय « Khabarhub

स्थानीय तह निर्वाचन

सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेस निर्णय


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउँदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्नका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

बैंशाख ३ देखि ५ गतेभित्र प्रदेशबाट सबै नाम सिफारिस गराउने र गठबन्धनमा समस्या देखिएका नाममा पछि छलफल गर्ने समितिले निर्णय गरेको छ । त्यस्तै बैठकले चुनावी सभालाई व्यवस्थित गर्न र आचारसंहितालाई पालना गराउने बिषय पनि मापदण्ड तय गरेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।

बैठकले भ्रातृ संघ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन लगायतका उपसमितिहरु गठन गर्ने निर्णय गरेको उनले बताए ।

बैठकमा समिति संयोजक पूर्णबहादुर खड्काले गठबन्धनले सबैको अस्तित्व जोगाउने भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै