रुसी रक्षामन्त्रीलाई हृदयघात | Khabarhub Khabarhub

रुसी रक्षामन्त्रीलाई हृदयघात


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- २४ फेब्रुवरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाले रणनीति परिवर्तन गर्न र धेरै कठिनाइको साक्षी बन्न बाध्य छन्।

रुसी रक्षामन्त्री सर्गेई सोइगुका युक्रेनी योजना अलमल परेका देखिन्छन्। ६६ वर्षीय नेतालाई ठूला हृदयघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संर्घष गरिरहेका प्राप्त विवरणहरुमा जनाइएको छ।

सोइगुलाई सघन उपचार कक्षमा राखिएको बताइएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीका अनुसार मन्त्रीलाई अस्वभाविक ह्दयघात भएको छ।

फेसबुकमा ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले भनेका छन्, ‘सोइगु खेलबाट बाहिर छन्, बाँचे भने उनी असक्त बन्न सक्छन्। उनलाई अचानक हृदयघात भयो। प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला चलेको छ।’

युक्रेन हमलामा रुसले ठूलो क्षति बेहोरोको किभले दाबी गर्दै आएको छ। आफ्ना सेनाको सशक्त प्रतिकारका कारण रुसले १५ हजारभन्दा बढी सेना गुमाएको युक्रेनी पक्षको दाबी छ। रुसी सेनाका ठूलो संख्यामा जहाज तथा हेलिकोप्टरमा क्षति गरेको युक्रेनको दाबी छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : ०५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा