गठबन्धनभित्र तालमेलको टुङ्गो भोलिसम्म लागिसक्छ : प्रचण्ड « Khabarhub

गठबन्धनभित्र तालमेलको टुङ्गो भोलिसम्म लागिसक्छ : प्रचण्ड


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा हुने स्थानीय तह निर्वाचनको तालमेलको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए। उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’

निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए ।

उनले भने, ‘केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।’ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : १२ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर