विवेकशील साझाको काठमाडौँकेन्द्रित घोषणापत्र सार्वजनिक « Khabarhub

विवेकशील साझाको काठमाडौँकेन्द्रित घोषणापत्र सार्वजनिक


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाकेन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन वर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौँमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्म उल्लेख छ ।

महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालयलगायत निर्माण गर्ने घोषणा गरेको हो ।

‘डिजल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ, बिजुलीवाट चल्ने यातायातमा रूपान्तरण गर्ने संस्था र कम्पनीलाई महानगरअन्तर्गतका सबै कुरा तीन वर्षका लागि मिनाहा गरिनेछ,’ घोषणा पत्रमा उल्लेख छ ।

यसैगरी, हरेक वडामा नयाँ सार्वजनिक पार्क बनाउने, अनधिकृत जग्गालाई खुला क्षेत्रका रूपमा विकास गर्ने, काठमाडौँका कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारीसाधान निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानियवासीका लागि सार्वजनिक स्थलको विकास गर्ने विषय समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।

विवेकशीलले बागमती, विष्णुमती, रुद्रमतीलगायतका खोला किनारामा संघीय सरकारको समन्वयमा ग्रिन वेल्ट, जगिङ र साइकल ट्रयाक निमार्ण गर्ने, कुहिने र नकुहिने फोहोरलाई अलगअलग दिन निकाल्ने, प्रत्येक वर्ष २५ हजारभन्दा बढी वृक्षारोपण गर्ने, सामुदायिक विद्यालयहरूमा १२ कक्षासम्म निःशुल्क गर्ने, काठमाडौँलाई जीवन्त संग्रहालयका रूपमा विकास गर्दै नेवाः कला संस्कृतिको पुनर्जागरण गर्नेलगायत मुख्यतः सात विषयकेन्द्रित रहेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।

काठमाडौँमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने विवेकशील पहिलो पार्टीसमेत भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : ४९ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर