आईपीएल : मुम्बई फेरि पराजित, लखनउको जित « Khabarhub

आईपीएल : मुम्बई फेरि पराजित, लखनउको जित


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार छैटौँ पटक पराजित भएको छ ।

शुक्रबार मुम्बईस्थित ब्रेबोर्न रंगशालामा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ ।

२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन सक्यो ।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले ३ विकेट लिए ।

यसअघि,  टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो ।

लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा  १०३ रन बनाए ।  यस्तै  मनिष पाण्डेले ३८ रन बनाए ।

राहुलले ६० बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय ३ रन जोडेका थिए । यो राहुलको सयौँ आईपीएल खेल पनि हो । टस जितेर बलिङ रोजेको मुम्बईका लागि भने जयदेव उनादकटले २ तथा मुरुगन अश्विनले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : ५२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु