सूर्योदय वोमी लघुवित्तले ६ प्रतिशत बोनस दिने  | Khabarhub Khabarhub

सूर्योदय वोमी लघुवित्तले ६ प्रतिशत बोनस दिने 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीका सचिव मोक्ष प्रसाद पङ्गेनीका अनुसार कम्पनीले चुक्ता पुँजीको १ करोड ४३ हजार ७२८ रुपैयाँ बराबर हुने ०.९६२३५०५ प्रतिशत नगद लाभांश र चुक्ता पुँजीको ६ करोड २६ लाख १९ हजार ९७९ रुपैयाँ बराबर हुने ६ प्रतिशत बोनस शेयर दिने भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१६ रुपैयाँ बराबरको रहेको छ ।

कम्पनीको पुस ५ गते बसेको २३०औँ सञ्चालक समितिको बैठकले साधारणसभा पनि गर्ने निर्णय गरेको छ ।कम्पनीले पुस २८ गते विहान ११ बजेदेखि वार्षिक साधारणसभा गर्ने जनाएको हो ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ११ : १२ बजे

‘जारी २’ले दोस्रो पटक गर्‍यो सेन्सर, किन ?

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले

एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ

काठमाडौं– बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटमा

संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’

काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले