क्षयरोग नियन्त्रणका लागि सरकार सक्रिय छः मन्त्री यादव « Khabarhub

क्षयरोग नियन्त्रणका लागि सरकार सक्रिय छः मन्त्री यादव


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको बताएका छन् ।

उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतीको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढने योजना पनि अघि सारे ।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय क्षयरोग कार्यक्रम’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले क्षयरोग नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले नेपालमा पुर्‍याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरे ।

उपप्रधानमन्त्री यादवले सरकारले क्षयरोगको नियन्त्रणका लागि विकट क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने गरी आवश्यक रणनीति तय गर्न लागेको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले क्षयरोग निवारणका लागि सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए । नेपालले सन् २०३५ भित्र क्षयरोग नियन्त्रण गर्ने प्रतिवद्धता विश्व स्वास्थ्य संगठनमा जनाइसकेको छ । सो प्रतिवद्धता पूरा गर्न सरकारले आवश्यक संस्थागत संरचनाको विकास गरिरहेको उपप्रधानमन्त्री यादवले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ४ : ३९ बजे

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।