मेक्सिकोमा फेरि एक पत्रकारको हत्या « Khabarhub

मेक्सिकोमा फेरि एक पत्रकारको हत्या


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको छ । मेक्सिकोको खाडीको तटमा रहेको दक्षिणी राज्य टबास्कोमा बन्दुकधारीले एकजना रेडियो पत्रकारको हत्या गरेको अधिकारीले जनाएका छन् ।

आफू काम गर्ने रेडियोस्टेशन नजिकै होटेलमा खाजा खाइरहेका बेला पत्रकार हेसुस युहेनियो रामोसलाई अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए । एमिलियानो जापता शहरको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

यो हत्यासँगै यो वर्षभित्र मेक्सिकोमा हत्या हुने पत्रकारको सङ्ख्या दुई पुगेको छ भने डिसेम्बर १ मा राष्ट्रपति आन्द्रज म्यानुअन लोपेज ओब्रादोरले जिम्मेवारी सम्हालेयता तीन जना पत्रकारको हत्या भइसकेको छ । रामोसले स्थानीय रेडियोमा ‘आज हाम्रो क्षेत्रमा’ नामक समाचारमुलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

राज्यकै प्रतिष्ठित पत्रकारको हत्याबारे अनुसन्धान गरिने र हत्यारालाई कारवाहीको दायरामा ल्याइने राज्यका गभर्नरले जनाएका छन् । लागूऔषध कारोबारीको निकै सक्रियता रहने मेक्सिकोमा गत वर्षमात्रै ३३ हजार जनाको हत्या भएको तथ्याङ्क छ ।

मेक्सिकोलाई पश्चिमी गोलार्धमा पत्रकारका लागि सबैभन्दा खतरनाक मुलुकको सूचिमा राखिने गरेको छ भने सन् २००० यता मात्रै मेक्सिकोमा १ सय २२ जना पत्रकारको हत्या भइसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ३ : १९ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य