घातक बन्दै टिकटक | Khabarhub Khabarhub

घातक बन्दै टिकटक


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुनरावेदन अदालतले जनवरी २०२१ मा माहदा अधामलाई जेल पठाउन गरिएको निर्णयलाई उल्ट्याएको छ। उनकै अर्की साथी होसामलाई पनि निर्दोष साबित गरेको छ। अधाममाथि मानव बेचबिखनको गम्भीर अभियोग लगाइएको थियो। उनीहरूमाथि केही लाभका लागि केटीलाई इजिप्टको मूल्य र मान्यताको विरुद्धमा प्रयोग गरेको आरोप लगाइएको थियो।

अधामले टिकटक र इन्सटाग्राममा पोस्ट गरेका भिडियोलाई लाइक र सेयर गरेका होसामलाई यस किसिमको गम्भीर आरोप लगाइएको हो।

अधामले टिकटक र इन्सटाग्राममा पोस्ट गरेका भिडियोलाई लाइक र सेयर गरेका होसामलाई यस किसिमको गम्भीर आरोप लगाइएको हो। गएको जुन महिनामा अपराध अदालतले होसामलाई उनको अनुपस्थितिमै १० वर्षको जेल सजाय तोकेको थियो। अर्कोतर्फ अधामका लागि ६ वर्षको जेल सजाइ सुनाइयो।

जेल जानु अगाडि होसामले रुँदै एउटा भिडियो पोस्ट गरेकी थिइन्। उनले आफूले कसैको केही पनि नास नगरेको उल्लेख गर्दै न्यायको आशा गरेकी थिइन्। उनको मुद्दाको फेरि एक पटक सुनुवाइ भएपछि तीन वर्षमा जेल सजाय झारियो भने १० हजार ८ सय अमेरिकी डलर जरिवाना पनि तोकियो।

मानव अधिकार आयोगका अधिकारी माइ अल सदानीले टिकटकमा आफ्नो भिजिटर बढाउन संसार भरगरिने कामलाई नै इजिप्टको अपराधको दर्ज गरिएको प्रतिक्रिया दिएका छन्।

गएको जुन महिनामा अपराध अदालतले होसामलाई उनको अनुपस्थितिमै १० वर्षको जेल सजाय तोकेको थियो। अर्कोतर्फ अधामका लागि ६ वर्षको जेल सजाइ सुनाइयो।

सन् २०२० मा विश्वविद्यालयकी विद्यार्थी २२ वर्षीया अधामलाई २ वर्षको जेल सजाय तोकिएको थियो। पछि उनीमाथि अन्य गम्भीर अभियोग लगाउँदै सजाय थपिएको हो। उनलाई टिकटकमा नाचेको कारण इजिप्टको समाजको पारिवारिक मूल्य र मान्यतालाई आँच आउने काम गरेको भन्दै जेल सजाय भएको हो। उनकी बहिनी रहँदा अल अधामले आफ्नी बहिनीमाथि अन्याय भएको भन्दै सञ्चार माध्यममा प्रस्तुत भएर धारणा राखेकी थिइन्।

इजिप्टमा लोकप्रिय रहेको गीतमा लिप्सिङ गर्दै फेसनेवल लुगा लगाएर नाचेका कारण सन् २०२० को मेमा उनलाई गिरफ्तार गरिएको हो। टिकटकमा उनका ३० लाख फलोअर छन् भने इन्सटाग्राममा १६ लाख छन्। रहमाले आफ्नी बहिनीको चाहना लोकप्रिय बन्ने मात्र भएको बताएकी थिइन्।

उनी मात्र होइन, त्यसै समयमा पाँच जनालाई जेल सजाय सुनाइएको थियो। तिनीलाई १५ हजार ३ सय अमेरिकी डलर बराबर जरिवाना पनि गरिएको थियो। यसैमा हनिम होसाम पनि थिइन्। अन्यको नाम भने सञ्चार माध्यममा आएको छैन।

इजिप्टमा लोकप्रिय रहेको गीतमा लिप्सिङ गर्दै फेसनेवल लुगा लगाएर नाचेका कारण सन् २०२० को मेमा उनलाई गिरफ्तार गरिएको हो।

दिदी रहमाकै अनुसार उनकी बहिनी थुप्रै ब्रान्डको विज्ञापनमा मोडलिङ गर्ने गरेकी थिइन्। नायिका बन्ने महत्त्वाकाङ्क्षा साथ आफूलाई लोकप्रिय बनाउन उनले सामाजिक सञ्जालमा व्यस्त राखेकी हुन्।

एमनेस्टी इनटरनेसलकै अनुसार अधामलाई अभद्र र गलत प्रमाणित गर्न उनका १७ तस्बिरलाई अगाडि सारिएका थिए। आरोप लगाइएकी अधामले भने आफ्नो फोन चोरी भएको र त्यसै फोनमा रहेको आफ्नो गोप्य फोटोका दुरुपयोग भएको बताएकी थिइन्।

अदालतमा यी सबै फोटो देख्दा त उनी आश्चर्यमा परेकी थिइन्। सोही समयदेखि धेरैले अधामलाई जेल हाल्न गलत हुने अभिव्यक्ति दिँदै आएका थिए। धेरै सामाजिक अभियन्ता र धार्मिक निकायमा आबद्ध हुनेले नै पनि उनलाई पुर्नवासमा राख्नु उपयुक्त हुने सुझाव राखेका थिए।

उनलाई जेल सजाय सुनाउने बित्तिकै इजिप्टमा फरक किसिमको धारणा व्यक्त भएका थिए। कट्टर पन्थी इस्लाम समुदाय उनी प्रति कठोर थियो भने धेरै जना सामान्य भिडियो पोस्टकै कारण जेल पठाउने उपयुक्त नहुने धारणा राखेका थिए। त्यसो त इजिप्टमा अहिले पनि हजारौँ आस्थाका बन्दी छन्। ती बन्दीमा उदार पन्थी मुस्लिम, सञ्चारकर्मी, मानव अधिकारवादी र कानुन व्यवसायीसमेत छन्।

अदालतमा यी सबै फोटो देख्दा त उनी आश्चर्यमा परेकी थिइन्। सोही समयदेखि धेरैले अधामलाई जेल हाल्न गलत हुने अभिव्यक्ति दिँदै आएका थिए।

सोही समयमा इजिप्टमा यसलाई लैङ्गिक विभेदको प्रतिकको रूपमा व्याख्या गरिएको थियो। काइरोमै भएको मानव अधिकारवादी एक सङ्गठनका कार्यकारी निर्देशक मोहम्मद लफ्टीले महिलालाई राज्यले निर्देशित गरे झैँ मात्र सामाजिक सञ्जालमा प्रस्तुत हुन छुट दिइएका छ। उनले यसमा दुःख व्यक्त गरेका थिए।

इजिप्टको यो घटना लैङ्गिक विभेदको एउटा उदाहरण हो। यसरी लोकप्रिय हुने नाममा पाँच किशोरीको जीवनमा आएको दुर्घटना ज्यादै दुखद हो। इजिप्टको कठोर इस्लामिक कानुनले सामाजिक सद्भाव भड्काएको आरोप र अभियोग लगाइए पनि अन्य देशमा यस्ता आरोप सहनु पर्दैन।

टिकटक चलाएका कारण धेरैको जीवन दुर्घटनाको नजिक पुगेका थुप्रै उदाहरण छन्। पछिल्ला दिनमा फेला परेका केही रिपोर्टका अनुसार टिकटक प्रयोग अत्यन्त घातक बनेको देखिन्छ। यसै कारण भारतमा यसलाई प्रतिबन्ध लगाइएको छ। अमेरिकी सेनाले राष्ट्रिय सुरक्षामा नै आघात पर्ने भन्दै यसलाई प्रयोग गर्न नदिने नीति लिएको छ।

टिकटकमा मानिसले १५ सेकेन्ड देखि १ मिनेटको भिडियो पोस्ट गर्न सक्नेछन्। यसरी पोस्ट गर्दा व्यक्तिगत सूचनाका डाटा पनि त्यहाँ उपयोग भएका हुन्छन्। अमेरिकाका थुप्रै कम्पनीले आफ्नो कार्यालयमा प्रयोग हुने डिभाइसमा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। टिकटकले हाम्रो पोस्ट लाइक र सेयरका साथै हाम्रो गतिविधिलाई नियाली रहेको हुन्छ। यसैलाई सङ्ग्रह गरेर हाम्रो अन्तरङ्ग विषय पनि गोप्य नहुनसक्छ।

हामीले प्रयोग गर्ने गरेको फोन, त्यस फोनमा राखिएका इमेल, हाम्रो लोकेसन लगायत सम्पूर्ण विषयमा रेकर्ड राख्न सक्छ। टिकटक प्रयोगकर्ताको डाटा सिंगापुर र अमेरिकामा रहन्छ। तर, टिकटकको स्वामित्व चिनियाँ कम्पनी बायट डान्ससँग भएकाले प्रयोगकर्ताको डाटा उसले मागेमा दिन अनिवार्य ठहरिने छ।

टिकटकले हाम्रो पोस्ट लाइक र सेयरका साथै हाम्रो गतिविधिलाई नियाली रहेको हुन्छ। यसैलाई सङ्ग्रह गरेर हाम्रो अन्तरङ्ग विषय पनि गोप्य नहुनसक्छ।

यसका प्रयोगकर्ता धेरै भएको तथा एक टिकटकमार्फत् धेरै कहाँ पुग्ने भएकाले ह्याकरका लागि टिकटक एउटा सजिलो माध्यम बनेको छ। ह्याकरले एक पटक म्यासेज पठाएर त्यहीँबाट प्रयोगकर्ताका अन्य व्यक्तिगत डाटा र गोप्यता फुत्काउन पनि सहजै सक्ने छन्।

टिकटकमा असामाजिक भिडियो पोस्ट गरेर धेरै युवा तथा वयस्कलाई आकर्षित गर्ने प्रचलन बढिरहेको छ। कालान्तरमा यो अझ बढी घातक हुन सक्ने छ।

प्रयोगकर्ताको डाटा टिकटकले मात्र होइन अन्यले पनि फुत्काउन सक्नेछन्। एउटा भिडियो घन्टौँसम्म त्यहाँ रहेको हुन्छ। यसैका आधारमा गोप्य सूचना अन्य डिजिटल डिभाइसमा काम गर्ने निकायले पनि फुत्काउन पनि सक्ने छन्।

इन्टरनेट र सञ्चारका ज्ञाताले त टिकटकले भविष्यमा गम्भीर सामाजिक दुर्घटना ल्याउन सक्ने चेतावनी दिइसकेका छन्। तर, अहिले नै यसले धेरै क्षति भइसकेको मानिसलाई थाहा नहुनसक्छ। धेरे देशले अहिले राष्ट्रिय सुरक्षाका लागि टिकटकमाथिको प्रतिबन्धका बारे छलफल नै सुरु गरिसकेका छन्। वैदेशिक मुद्रासँग सम्बन्धित डाटा त टिकटक डाउनलोड गरिएको डिभाइसमा राख्नुलाई झनै घातक मानिन्छ।

टिकटकका सुरक्षा संयन्त्र परिवर्तन भइरहेका छन्। लोकप्रिय र धेरैको पहुँचमा लैजाने सोचमा साथ सजिलै एउटाले अर्कोसँग सम्पर्क गर्न सकिने गरी यसका डिजाइन तयार भएका छन्। यस कारण टिकटकमा व्यक्तिगत सूचना राख्नु त अझ बढी घातक मानिन्छ । युवा विद्यार्थी तथा वयस्कका लागि टिकटक अझ बढी घातक ठानिएको छ। विश्वव्यापी आँकडालाई हेर्ने हो भने टिनएजरमा यसको लत बढी देखिएको छ। काम या अध्ययनलाई छाडेर टिकटकमै रमाउनेको ठूलो जमात अहिले संसारमा छ।

इजिप्टको एउटा घटना सामाजिक सद्भाव खलबल्याएको आरोपमा थियो। जेल नै पठाउने निर्णय मानव अधिकारको बर्खिलाप नै हो। तर, संसारमै यो चिनियाँ एप टिकटक गम्भीर समस्या बनेको कुरा भने नकार्न सकिँदैन।

धेरै लाइक र फलोअर बढाउनका लागि खराब भिडियो पोस्ट गर्नेमा पनि टिनएजर नै बढी छन्। यसको सम्पूर्ण तथ्याङ्क त अझ आउन बाँकी नै छ। यसका बारे धेरै अध्ययन भइरहेका छन्। तर, पछिल्लो समय फेला परेको तथ्यका अनुसार टिकटकको नसाले मानिसको व्यक्तिगत जीवनमै असर गरेको छ। साथै, तथा यस्ता लतमा परेर मानसिक स्वास्थ्यमा गम्भीर असर परेका धेरै घटना सार्वजनिक हुन थालेका छन्। मनोचिकित्सकले त टिकटकलाई घातक समस्याको रूपमा लिन थालेका छन्।

इजिप्टको एउटा घटना सामाजिक सद्भाव खलबल्याएको आरोपमा थियो। जेल नै पठाउने निर्णय मानव अधिकारको बर्खिलाप नै हो। तर, संसारमै यो चिनियाँ एप टिकटक गम्भीर समस्या बनेको कुरा भने नकार्न सकिँदैन। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : २६ बजे

मधेस प्रदेशसभाअन्तर्गत अर्थ तथा योजना समितिको सभापतिमा साह

जनकपुरधाम– मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापतिमा जनमत

कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा

काठमाडौं – अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘ुएभरेस्ट

जलवायु न्यायका लागि जन मार्च गरिँदै

काठमाडौं– जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न आवाज उठाउने र त्यसबाट

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध

एजेन्सी– युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक

‘ब्रेकअप सङ’लाई युट्युबमा ‘मिलियन भ्युज’, दर्शक दिँदैछन् रोचक प्रतिक्रिया

काठमाडौं– आगमी दशैँ अर्थात् असोज २४ देखि प्रदर्शनमा आउन लागेको