बोर्डको प्रस्ताव : डब फिल्ममा रोक, सेन्सर नगरी शो राख्न नपाइने « Khabarhub

बोर्डको प्रस्ताव : डब फिल्ममा रोक, सेन्सर नगरी शो राख्न नपाइने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही समय यता विदेशी फिल्मको दबदबाले नेपाली फिल्मलाई स्वदेशमै गाह्रो परिरहेको खबर आइरहेका छन् । नेपाल सरकारको तर्फबाट फिल्मलाई नियमन गर्ने चलचित्र विकास बोर्डले भने यसमा कदम नचालेको आरोप लाग्ने गरेका छन् । तर, बोर्डका अध्यक्ष दयाराम दाहाल भने आफ्नो मनोमानी नभई प्रक्रियागत रुपमा बोर्डले एक्सन लिने बताएका छन् ।

‘कुनै व्यक्तिले भन्दैमा बोर्डले एक्सन लिने हैन । बोर्डले कानुन अनुसार आफ्नो गतिविधि गर्ने हो’ अध्यक्ष दाहालले भने । उनले मंगलबार बसेको बैठकबाट नेपालमा सेन्सर नगरी बुकिङ्ग खोल्न नपाइने र डब फिल्मलाई प्रदर्शनमा रोक लगाउने निर्णय गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्र समेत पठाइसकेका छन् ।

ड्राफ्ट भइसकेको राष्ट्रिय चलचित्र नीति पास नहुदाँ बोर्डलाई बेलाबखतमा कानुनी अड्चन आउने गरेको छ । बोर्ड अध्यक्ष दाहालले आफूले सक्ने र अधिकार रहेको कानुनलाई नेपाली फिल्मको हितका लागि प्रयोग गरेको पनि बताएका छन् । ‘हामीले मन्त्रालयमा समस्या र समाधान सहित बोर्ड बैठकको निर्णय पठाएका छौँ । हामीले प्रयोग गर्न मिल्ने अधिकारबाट पछि हटेका छैनौं’ अध्यक्ष दाहालले भने ।

यदि, मन्त्रालयले निर्णय गरेको खण्डमा नेपालमा विदेशी डब फिल्म भित्रिने छैनन् । साथै, सेन्सर नगरी हलमा बुकिङ्ग समेत खुलाउन पाइने छैन । यसमा नेपाली निर्माताले समेत सेन्सर अगाडी नै गर्नु पर्नेछ । साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ रिलिजको समयमा सेन्सर नै नगरी एक साता अगाडि नै शोज निकालेर प्रदर्शकले टिकट बिक्री गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : १६ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,