रुसी सेनामा भर्ती खुलेको हल्लापछि इथियोपियाको रुसी दूतावास अगाडि मानिसहरुको भीड « Khabarhub

रुसी सेनामा भर्ती खुलेको हल्लापछि इथियोपियाको रुसी दूतावास अगाडि मानिसहरुको भीड


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक भर्ती खोलेको हल्ला चलेपछि अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिस अबाबामा रहेको रुसी दूतावासअगाडि मानिसहरुको भीड लागेको छ । रुसी सेनामा भर्ती हुनका लागि मानिसहरु रुसी दूतावास पुगेको बीबीसीले जनाएको छ ।

दूतावासअगाडि भेला भएकामध्ये केहीले आफ्नो साथमा कागजात समेत ल्याएको जनाइएको छ । दूतावासअघि भेला भएका एक जनाले बीबीसीलाई जनाएअनुसार उनी राम्रो तलबको अपेक्षा गरेर सेनामा वा अरु नै कुनै काममा भर्ती हुन आएका हुन् ।

‘मलाई रुस मन पर्छ ।’ उनले भने । अरु केहीले भने रुसमा धेरै ज्याला पाइने हल्लाका कारण आफूहरु दूतावासअगाडि भेला भएको बताएका छन् ।

यता आदिस अबाबास्थित रुसी दूतावासले भने रुसले इथियोपियन नागरिकका लागि सैनिक भर्ती खोलेको भन्ने हल्ला निराधार रहेको बताएको छ । दूतावासकी प्रवक्ता मारिया चेर्नुकिनाले रुसको समर्थनमा मानिसहरु दूतावासमा भेला भएको बताइन् ।

‘रुसको समर्थन गर्न दूतावासअगाडि धेरै मानिसहरु भेला भएका छन् ।’ उनले भनिन्, ‘केहीले आफूहरु जे जस्तो सहयोग गर्न समेत तयार रहेको बताएका छन् । तर हामी जागिर दिने एजेन्सी होइनौँ ।’

युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको विरोध गर्न राष्ट्रसंघमा भएको मतदानमा इथियोपिया अनुपस्थित रहेको थियो । यसबाहेक १७ अरु अफ्रिकी मुलुकहरुले पनि रुसको निन्दा गर्ने उक्त मतदानमा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : १७ बजे

अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१८ भेडीयारीबाट अवैध लागूऔषध गाँजा ६ किलो १ सय ३०

नारायणी अस्पतालमा क्याथ ल्याब जडानको काम अन्तिम चरणमा

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा २०७६ चैतमा खरिद गरिएको तर हालसम्म

विश्वकपबाट बाहिरिएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिनको माग

अटलान्टा– अर्जेन्टिनासँग पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,