रुसी सेनामा भर्ती खुलेको हल्लापछि इथियोपियाको रुसी दूतावास अगाडि मानिसहरुको भीड « Khabarhub

रुसी सेनामा भर्ती खुलेको हल्लापछि इथियोपियाको रुसी दूतावास अगाडि मानिसहरुको भीड


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक भर्ती खोलेको हल्ला चलेपछि अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिस अबाबामा रहेको रुसी दूतावासअगाडि मानिसहरुको भीड लागेको छ । रुसी सेनामा भर्ती हुनका लागि मानिसहरु रुसी दूतावास पुगेको बीबीसीले जनाएको छ ।

दूतावासअगाडि भेला भएकामध्ये केहीले आफ्नो साथमा कागजात समेत ल्याएको जनाइएको छ । दूतावासअघि भेला भएका एक जनाले बीबीसीलाई जनाएअनुसार उनी राम्रो तलबको अपेक्षा गरेर सेनामा वा अरु नै कुनै काममा भर्ती हुन आएका हुन् ।

‘मलाई रुस मन पर्छ ।’ उनले भने । अरु केहीले भने रुसमा धेरै ज्याला पाइने हल्लाका कारण आफूहरु दूतावासअगाडि भेला भएको बताएका छन् ।

यता आदिस अबाबास्थित रुसी दूतावासले भने रुसले इथियोपियन नागरिकका लागि सैनिक भर्ती खोलेको भन्ने हल्ला निराधार रहेको बताएको छ । दूतावासकी प्रवक्ता मारिया चेर्नुकिनाले रुसको समर्थनमा मानिसहरु दूतावासमा भेला भएको बताइन् ।

‘रुसको समर्थन गर्न दूतावासअगाडि धेरै मानिसहरु भेला भएका छन् ।’ उनले भनिन्, ‘केहीले आफूहरु जे जस्तो सहयोग गर्न समेत तयार रहेको बताएका छन् । तर हामी जागिर दिने एजेन्सी होइनौँ ।’

युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको विरोध गर्न राष्ट्रसंघमा भएको मतदानमा इथियोपिया अनुपस्थित रहेको थियो । यसबाहेक १७ अरु अफ्रिकी मुलुकहरुले पनि रुसको निन्दा गर्ने उक्त मतदानमा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : १७ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान