सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : गगन थापा « Khabarhub

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : गगन थापा


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारका राम्रा काममा सहयोग गर्ने र कमजोरीमा प्रश्न उठाउँदै आवश्यकताअनुसार खबरदारी तथा प्रतिरोध गर्ने बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनबाट प्राप्त गरेको जनादेशको सम्मान गर्दै पाँच वर्ष निर्बाध रूपमा सरकार सञ्चालन गर्न दिनुपर्ने धारणा राखे । कांग्रेसले प्रमुख प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने उनको भनाइ थियो ।

सभापति थापाले कांग्रेसको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेको उल्लेख गर्दै सोहीअनुसार पार्टीको नीति, विचार र कार्यदिशा निर्धारण गरिने बताए ।

‘विगतको गौरवशाली इतिहासको स्मरण गर्दै नयाँ इतिहास निर्माण गर्ने सङ्कल्प गरेका छौँ । राष्ट्रिय पुनर्जागरणलाई विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकाङ्क्षासँग जोडेर अघि बढ्ने छौँ,’ उनले भने, ‘राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेछ ।’

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै उनले त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताए । स्पष्ट नीति तथा कार्यक्रमसहित जनताको विश्वास जितेर कांग्रेसलाई लोकप्रिय पार्टीका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

२०६२/६३ को जनआन्दोलनपछिका २० वर्षको राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै थापाले संविधान निर्माणपछि जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा राजनीतिक दलहरू चुकेको टिप्पणी गरे ।

उनले पार्टीको विधान कार्यान्वयनमा कुनै सम्झौता नहुने पनि स्पष्ट पारे । कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को राजनीतिक दलको सदस्यता लिने व्यक्तिले सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ थियो । राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिले अर्को दलको सदस्यता लिए विधानअनुसार कारबाही गरिने उनले बताए ।

बैठकमा सभापति थापाले आगामी पुस १५ गतेभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको प्रारम्भिक तयारी र पार्टीको आगामी राजनीतिक कार्यदिशाबारे समेत छलफल हुने उनले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ५ : ०९ बजे

हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ– हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव

एसिया कप राइजिङ स्टार्समा पाकिस्तान ‘ए’ ले गुमायो छैठौँ विकेट

काठमाडौं- एसिया कप राइजिङ स्टार्समा अहिले नेपाल र पाकिस्तान ‘ए’

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी

भारतका वैभव सूर्यवंशीले बनाए सबैभन्दा कम बलमा शतक : २८ बल खेल्दा हिर्काए ‍‍१४ छक्का

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा