सात सय करोड रुपैयाँमा पनि एमाले खरिद बिक्री हुँदैन : अध्यक्ष ओली « Khabarhub

सात सय करोड रुपैयाँमा पनि एमाले खरिद बिक्री हुँदैन : अध्यक्ष ओली


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघिको आफू नेतृत्वको सरकारले मुलुकको विकासका धेरै काम गरेको दाबी गरेका छन्।

बुधबार ललितपुरमा आयोजित युवासँग केपी ओली कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकारले सडक निर्माणदेखि विभिन्न विकासका काम गरेको दाबी गरेका हुन् । उनले सडक बालबालिकामुक्त बनाइएको, विभिन्न विमानस्थललाई स्तरोन्नती गरिएको जानकारी दिए।

अध्यक्ष ओलीले सात सय करोड रुपैयाँमा पनि एमाले खरिद बिक्री नहुने दाबी गरे । बुधबार ‘युवासँग म’ विषयक अन्तरक्रियामा युवाहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । ओलीले रुपन्देहीका सरोज भट्टराईले आफु पनि राजनीतिमा आउन चाहेको तर आफूसँग पैसा नभएकाले सात करोड लिएर आउने व्यापारीलाई उम्मेदवारको टिकट दिनुहुन्छ कि ? भन्ने प्रश्नको जवाफ दिंदै उनले एमालेलाई सात करोड होइन, सात सय कारोड, सात हजार करोड, सात लाख अफर कसैले गर्छ भने पनि एमालेलाई खरिद गर्न सम्भव छैन ।’

राजनीतिक क्षेत्र कसैको ठेक्का पट्टाको विषय नभएको पनि उनले बताए । अध्यक्ष ओलीले मुलुक लोडसेडिङमुक्त भनिए पनि उद्योगहरुमा लोडसेडिङ भइरहेको र चार रुपैयाँमा भारतलाई बिजुली बेचेर महङ्गोमा भारतबाटै खरिद गरिरहेको आरोप लगाए।

उनले जीवनको विकासका, खोज, अध्ययन र अनुसन्धानका लागि नेपाल अनुकुल भूमी रहेको भन्दै यसको उचित उपयोग गर्नुपर्ने बताए।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ३० बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।