निर्वाचन चिह्न अंकित सामाग्री प्रयोग गरे १ लाखसम्म जरिवाना गर्ने आयोगको चेतावनी « Khabarhub

निर्वाचन चिह्न अंकित सामाग्री प्रयोग गरे १ लाखसम्म जरिवाना गर्ने आयोगको चेतावनी


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ ।

आयोगको अनुरोधलाई बेवास्ता गरी यदि कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

आयोगले साङ्केतिक सामाग्री लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्री वितरण भइराखेको भन्ने आयोगलाई सूचना प्राप्त भएकोले त्यस्ता सामाग्रीको उत्पादन तथा बिक्री वितरण गर्ने कार्य तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनैपनि उत्पादन नगर्न नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : १० बजे

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ

भूमिगत जल दोहनको असर : मधेसमा खानेपानी र कृषि दुवै संकटमा

काठमाडौं– जल भण्डारको भरपर्दो र व्यावहारिक स्रोतका रूपमा रहेको भूमिगत