रुसी युद्धपोतमा आक्रमणअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा « Khabarhub

रुसी युद्धपोतमा आक्रमणअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी युद्धपोत मोस्कवामाथि युक्रेनले क्षेप्यास्त्र प्रहार गर्नु केही घण्टाअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा भएको छ ।

बेलायतबाट प्रकाशित हुने टाइम्स अखबारको खुलासा अनुसार मोस्कवा युद्धपोतमाथि आक्रमण हुनुअघि अमेरिकी वायुसेनाको पी ८ पोसाइडन विमानले कृष्णसागरको गस्ती गरिरहेको थियो ।

गस्तीमा रहेको उक्त जासुसी विमान मोस्कवाबाटसय माइल नजिक सम्म पुगेको द टाइम्सले जनाएको छ ।

केही दिन अघि युक्रेनले प्रहार गरेको नेप्चुन क्षेप्यास्त्रबाट रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनामा तैनाथ मोस्कवा युद्धपोत ध्वस्त भएको थियो । आक्रमणको भोलिपल्ट ‘क्षतिग्रस्त युद्धपोत’ कृष्ण सागरमा डुबेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको थियो ।

रुसले आगलागीका कारण युद्धपोत डुबेको बताउँदै आएको छ । यद्यपि के कारणले आगलागी भएको भन्नेबारे रुसी पक्षले केही खुलाएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ३ : २४ बजे

भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

एजेन्सी– भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी