रुसी युद्धपोतमा आक्रमणअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा « Khabarhub

रुसी युद्धपोतमा आक्रमणअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी युद्धपोत मोस्कवामाथि युक्रेनले क्षेप्यास्त्र प्रहार गर्नु केही घण्टाअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा भएको छ ।

बेलायतबाट प्रकाशित हुने टाइम्स अखबारको खुलासा अनुसार मोस्कवा युद्धपोतमाथि आक्रमण हुनुअघि अमेरिकी वायुसेनाको पी ८ पोसाइडन विमानले कृष्णसागरको गस्ती गरिरहेको थियो ।

गस्तीमा रहेको उक्त जासुसी विमान मोस्कवाबाटसय माइल नजिक सम्म पुगेको द टाइम्सले जनाएको छ ।

केही दिन अघि युक्रेनले प्रहार गरेको नेप्चुन क्षेप्यास्त्रबाट रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनामा तैनाथ मोस्कवा युद्धपोत ध्वस्त भएको थियो । आक्रमणको भोलिपल्ट ‘क्षतिग्रस्त युद्धपोत’ कृष्ण सागरमा डुबेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको थियो ।

रुसले आगलागीका कारण युद्धपोत डुबेको बताउँदै आएको छ । यद्यपि के कारणले आगलागी भएको भन्नेबारे रुसी पक्षले केही खुलाएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ३ : २४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि