किम जोङ उनले किन दक्षिण कोरियाली राष्ट्रपतिलाई धन्यवाद दिए ? | Khabarhub Khabarhub

किम जोङ उनले किन दक्षिण कोरियाली राष्ट्रपतिलाई धन्यवाद दिए ?


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कार्यकाल सकिनै लागेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलाई धन्यवाद ज्ञापन गरेका छन् । उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले दुई नेताबीच पत्राचारका क्रममा सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई धन्यवाद ज्ञापन गरेको जनाएको हो ।

‘आफ्नो कार्यकालको अन्तिम दिनसम्म कोरियाली राष्ट्रका निम्ति महान् कामको प्रयासका लागि किम जोङ उनले मुन जाए इनको प्रशंसा गर्नु भएको छ ।’ केसीएनएले जनाएको छ ।

केसीएनएले दुई नेताबीचको पत्राचारले ‘गहिरो विश्वासको अभिव्यक्ती’ को रुपमा चित्रित गरेको छ ।

मुन जाए इनले दक्षिण कोरियाली राष्ट्रपतिको पदबाट विदा लिन तीन साता रहेका बेला दुई नेताबीच पत्राचार भएको खुलासा भएको हो ।

मुन जाए इनको स्थानमा उत्तरप्रति अनुदार विचार राख्ने युन सुक इयोलले चाँडै दक्षिण कोरियाको नयाँ राष्ट्रपति जिम्मेवारी सम्हाल्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

किम जोङ उनले पत्राचार गरेको मुन जाए इनको कार्यालयले पनि पुष्टि गरेको जनाइएको छ । मुनले गत बुधबार उत्तर कोरियाली सर्वोच्च नेतालाई पत्र पठाएको जनाइएको छ ।

उक्त पत्रमा राष्ट्रपति मुनले सन् २०१८ मा भएको शिखर वार्ताका आधारमा कोरियाली एकताका लागि तयार रहेको प्रतिबद्धता प्रकट गरेको जनाएका थिए ।

पत्रमा मुनले वार्ताका माध्यमबाट ‘आक्रामक युग’ को अन्य हुनुपर्ने र अन्तर कोरियाली वार्ता अर्को प्रशासनको जिम्मेवारी रहेको उल्लेख गरेको रोयटर्सले जनाएको छ ।

बिहीबार किमले मुनलाई जवाफी पत्र पठाएको र उक्त पत्रमा उनीहरुबीच भएको ‘ऐतिहासिक’ सम्मेलनहरुबाट जनताले ‘भविष्यको आशा’ गरेको बताए ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किम दक्षिण कोरियामा रहेका बेला दुई नेताबीच पत्राचार भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ३३ बजे

असारे विकास : केहीबेरको पानीले महानगरकै बाटो बन्यो खोलो (तस्बिरहरू)

काठमाडौं– कुनै ग्रामीण क्षेत्र होइन यो । काठमाडौं महानगरपालिकामा पर्ने

ओलम्पियन दीपक बिष्ट कृष्णपुरका सद्भावना दूत

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ओलम्पियन दीपक बिष्टलाई सद्भावना दूत घोषणा

भीमदत्त नगरपालिकाको बजेटमा ‘छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम

 महेन्द्रनगर– कञ्चनपुरको जेठो नगरपालिका भीमदत्तले आगामी आर्थिक वर्ष २०८२-०८३ का

विदेशबाट फर्केका युवाले सिकेको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्न आवश्यक : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

सिरहा – धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने