अमलाका अचुक फाइदाहरु जानीराखौं « Khabarhub

अमलाका अचुक फाइदाहरु जानीराखौं


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमला खानु मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अमलामा औषधीय गुण भएकै कारण आयुर्वेदिक औषधिमा अमलाको अधिक प्रयोग भएको पाइन्छ ।

अमलालाई कुटेर कपालमा लगाउँदा कपाल झर्न तथा टुक्रनबाट रोक्छ । कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । अमलाको जुसमा थोरै मह मिसाएर पिउँदा आखाँको ज्योती बढ्ने एक अध्ययनले देखाएको छ ।  अमला खानु आँखाका लागि निकै स्वास्थ्यवर्धक मानिन्छ । यसको नियमित सेवनले रतन्धो रोग हुनबाट जोगाउने चिकित्सकहरु बताउँछन् ।

अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरू हुन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

नियमित रूपमा अमला खाँदा यसले शरीरको सेल बढाउँछ र स्फूर्ति दिन्छ । अमलाले रक्तसन्चालन गराउनुका साथै मुटु सम्बन्धि रोग लाग्नबाट पनि बचाउँछ । डाइबेटिजका बिरामीका लागि पनि अमला निकै लाभदायक मानिन्छ ।

यसले मेटाबोलिजम बढाउनुका साथै शरीरमा तागत दिन्छ । अमलामा पाइने फाइबरले पाचन प्रणालीलाइ मजबुद बनाउछ । अमलामा पानीको मात्रा हुनाले पिसाब सम्बन्धि समस्या पनि हटेर जान्छ । त्यस्तै, अमलाले चाउरीपना हटाउने समेत काम गर्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : ५७ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको