दमक नगरपालिकाको प्रमुखको उम्मेदवार बन्न उपप्रमुख अधिकारीद्वारा राजीनामा « Khabarhub

दमक नगरपालिकाको प्रमुखको उम्मेदवार बन्न उपप्रमुख अधिकारीद्वारा राजीनामा


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दमक नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्न उपप्रमुख गीता अधिकारीले पदबाट राजीनामा दिएकी छन् ।

 ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुख बन्न शुक्रबार नगरप्रमुख रोमनाथ ओलीसमक्ष राजीनामा दिएकी हुन् । 

निर्वाचन आयोगले फेरि उम्मेदवार बन्न अनिवार्य राजीनामा दिनुपर्ने बाध्यात्मक व्यवस्था ल्याएपछि अधिकारीले पदबाट राजीनामा दिएकी हुन् ।  अधिकारीसहित नगरप्रमुखका लागि दमकबाट नेकपा एमालेले तीनजना आकांक्षीको नाम माथिल्लो कमिटीमा उम्मेदवार छनोटका लागि पठाएको छ ।

अधिकारीसहित अम्बिका खनाल र होमबहादुर थापाको नाम पनि नगरमा भोट नै गरेर माथिल्लो कमिटीमा सिफारिस गरेको हो । चुनाव नजिकिएकाले राजीनामा दिइएको उनले बताइन् । ‘भोलि शनिबार बिदा भयो । आइतबार नोमिनेसनको हो । त्यसकारण आजै राजीनामा दिएँ,’ उनले भनिन् । 

अधिकारी लामो समय प्राध्यापन पेसाबाट २०७४ को स्थानीय तह निर्वाचनताका मात्र सक्रिय राजनीतिमा होमिएकी हुन् । त्यसबेला नेकपा एमालेले अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनायो । उनी विजयी भइन् । दमक नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हालेपछि अधिकारी एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पनि भइन् ।

यसपटक उनीसहित सिफारिस गरिएका तीन नाममध्ये अधिकारी नगरप्रमुखको सशक्त दाबेदार मानिन्छिन् । उपप्रमुख अधिकारीका श्रीमान् मदन अधिकारी एमाले अध्यक्ष केपी ओलीसँग निकट निर्माण व्यवसायी हुन् । यद्यपि मदन अधिकारीको मैनाचुली निर्माण कम्पनीले हुलाकी राजमार्गअन्तर्गत पर्ने बिरिङ नदीको पुल एक दशकदेखि अलपत्र पारेको छ । 

अधिकारीले मात्र हैन झापामा अन्य जनप्रतिनिधिले पनि राजीनामा दिन थालेका छन् । यसअघि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाले पनि अध्यक्ष पदमा आकांक्षा देखाउँदै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : ०५ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई