आईपीएल : गुजरातको जित, कोलकाता ८ रनले पराजित « Khabarhub

आईपीएल : गुजरातको जित, कोलकाता ८ रनले पराजित


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ अन्तर्गत शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि आठ रनको जित निकालेको छ ।

गुजरातले दिएको १५७ रनको लक्ष्य कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।

कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए । यस्तै, रिन्कु सिंहले ३५, वेन्कटेस ऐयरले १७ रनको योगदान गरे ।

गुजरातका मोहम्मद सामी, राशिद खान, यस दयलले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५६ रनको योगफल तयार पारेको थियो ।

गुजरातका कप्तान हार्दिक पड्याले सर्वाधिक ६७ रन बनाए । यस्तै, डेविड मिलरले २७, रिद्धिमान साहले २५ रनको योगदान गरे ।

जितसँगै सात खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । यस्तै, आठ खेलबाट ६ अंक जोडेको कोलकाता सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : १९ बजे

हिक्मत छोड्न तयार नभएपछि दबाब बढाउन ओलीले बोलाए प्रदेशका पदाधिकारीसहितको बैठक

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडानबाट पछि

सरकारका ७ निर्णय : सुनसरी-सिराहाका पीडितलाई राहत, लगानी बोर्ड, विश्वविद्यालय अनुदान आयोगमा नियुक्ति

काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक, कानुनी तथा नीतिगत विषयसँग

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्याबलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे