धादिङमा बस र कार ठोक्किए, चार भारतीयसहित पाँच जनाको मृत्यु « Khabarhub

धादिङमा बस र कार ठोक्किए, चार भारतीयसहित पाँच जनाको मृत्यु


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको थाक्रेमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार ठोक्किँदा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

दुर्घटनामा कारका चालक तनहुको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको हो ।

बा. ५ ख ८४४३ नम्बरको बसले बाग्मती प्रदेश ०१–०२६ च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो ।

बसमा सवार एक जना घाइते भएका छन् ।

ओभरट्याक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँंग ठोक्किएको थियो । नेपाल घुम्न आएका उनीहरू पोखराबाट काठमाडौँ फर्किरहेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ०५ बजे

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै