एभरेष्ट बेस क्याम्पमा दीया « Khabarhub

एभरेष्ट बेस क्याम्पमा दीया


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री दीया पुन: सगरमाथा आरोहनको क्रममा बेस क्याम्पमा पुगेकी छन् ।

बेस क्याम्प पुगेपछि दीयाले नेपालको राष्ट्रिय झण्डासँगै आफू अभिनित प्रदर्शनको क्रममा रहेको फिल्म ‘मन्त्र’ को पोस्टरसहित फोटो सार्वजनिक गरेकी छन् ।

वैशाख १६ गतेबाट प्रदर्शमा आउने फिल्मको प्रचारमा आफू उपस्थित हुन् नपाए पश्चात सहयोग पुगोस भन्ने हेतुले तस्बिर सार्वजनिक गरिएको दीयाले बताइन । ‘निकै रमाइलो अनुभूति भइरहेको छ । अब केही दिनमै आफ्नो गन्तव्यमा पुग्नेछु’ दीयाले बताइन् ।

५ हजार ३ सय ४८ मिटरको उचाईमा पुगेकी दीया आफ्नो गन्तव्यमा निरन्तर अगाडि बढिरहेकी छन् । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘मन्त्र’ मा दीयासँगै सौगात मल्ल , बुद्धि तमाङ्गलगायत मुख्य भूमिकामा छन् । हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको फिल्ममा हिमाली प्रेम कथा र संस्कृतिलाई देखाइएको छ । गोर्खाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बालगायतका रमणीय दृश्यहरू फिल्ममा देखिने भएकाले आन्तरिक पर्यटन बढ्नेमा समेत निर्माण पक्ष आशावादी छ । परिक्षेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ०० बजे

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको

अब कांग्रेसले के गर्नुपर्छ ?

नेपाली कांग्रेस कुनै व्यक्ति, गुट वा अमुक पुस्ताको मात्र पार्टी

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस