जनकपुरधाममा ७९ वर्षीय वृद्धले दिए मेयरमा स्वतन्त्र उम्मेदवारी « Khabarhub

जनकपुरधाममा ७९ वर्षीय वृद्धले दिए मेयरमा स्वतन्त्र उम्मेदवारी


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा ७९ वर्षीय एक वृद्धले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनकपुरधाम–८ पिडारी चोकका रामसेवक यादवले आज मनोनयन दर्ता गराएका हुन् । उनले राजनीति फोहोर भइरहेकाले यसलाई सफा गर्न आफूले उम्मेदवारी दिएको बताए ।

अहिलेका दलहरूको विचारमा कटुता, व्यवहारमा पुँजीवाद र सद्भाव विखण्डनवादी भएको उनको आरोप छ ।

नेता यादव नेकपा एमालेका पुराना नेता हुन् । तर, एमालेमा पनि बिचलन आएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार साना दुई दल र स्वतन्त्र गरी ८ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । त्यस्तै, उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको छ ।

जनमत पार्टीबाट अनिता देवी साह, नेकपा मालेबाट गीताकुमारी मण्डल, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिरकुमार महतोले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा जनमत पार्टीबाट संतोषकुमार साह, स्वतन्त्रबाट कुमारी बनिता यादव र उमेश चौधरीले उम्मेदवारी दिएका छन् । बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ३५ बजे

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको