साउथकी सुन्दरी रश्मिकाले कति लिन्छिन् पारिश्रमिक ? « Khabarhub

साउथकी सुन्दरी रश्मिकाले कति लिन्छिन् पारिश्रमिक ?


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय फिल्मकी अभिनेत्री रश्मिका मन्दनाको सुन्दरताको चर्चा सामाजिक सञ्जालमा हुने गरेको छ ।

गुगलबाट ‘नेसनल क्रस’ को उपाधि समेत पाएकी रश्मिकालाई गीता गोविन्दम फिल्मले अगाडि ल्यायो । फिल्मको गीत हिट हुँदा उनको सुन्दरताको पनि उत्तिकै चर्चा भयो । पछिल्लो समय फिल्म ‘पुष्पा’ मा देखिएकी रश्मिकालाई उनी अभिनीत फिल्महरुले साउथ इन्डियाबाट बलिउड हुँदै विश्वभर रहेका भारतीय फिल्म प्रेमी माझ पुर्‍यायो ।

पुष्पामा उनले श्रीवालीको भूमिका निर्वाह गरेकी छन्। दक्षिण भारतीय फिल्मकी लोकप्रिय कलाकार रश्मिकालाई हिन्दी भर्सनको पुष्पाले राम्रै उचाइ दिएको छ। हिन्दी बेल्टका मानिसहरू पनि उनका बारेमा चर्चा गर्न थालेका छन्। पुष्पाबाट अल्लू अर्जुनले मात्र होइन रश्मिकाले पनि राम्रै चर्चा पाएकी छन्। अहिले हिन्दी बेल्टमा रश्मिकाको जीवनशैली, सोख र कमाइका बारेमा पनि चर्चा चल्ने गरेको छ। यिनै रश्मिका एक फिल्मका लागि २ देखि २.५ करोड (भारु) सम्म फिस लिने गर्छिन् । पछिल्लो समय एकपछि अर्को फिल्मले सफलता पाएपछि महँगो पारिश्रमिकमा अभिनय गराउन निर्माता तथा निर्देशक तयार छन् । 

कन्नाडा फिल्म  ‘किरिक पार्टी’ बाट सन् २०१६ मा डेब्यु गरेकी रश्मिकाले छोटो समयमै तमिल फिल्ममा तहल्का मच्चाएकी थिइन् । तेलगुका सबै चर्चित हिरोसँग फिल्म खेलेकी रश्मिकाले सामाजिक सञ्जालमा पोष्ट गर्ने फोटोमा फ्यानहरुको राम्रो प्रतिक्रिया पाउने गरेकी छिन् । 

सिद्धार्थ मल्होत्रासँगको ‘मिसन मज्नु’ मार्फत बलिउडमा डेब्यु गर्ने तयारी गरिरहेकी रश्मिकाले त्यसपछि अमिताभ बच्चनसँग ‘गुडबाई’ मा काम गरिसकेकी छिन् भने रनबीर कपूरसँग ‘एनिमल’ मा काम गरिरहेकी छिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : २९ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि