रञ्जनामा अफर : साताको दुई दिन १ सय ७५ रुपैयाँमा टिकट उपलब्ध « Khabarhub

रञ्जनामा अफर : साताको दुई दिन १ सय ७५ रुपैयाँमा टिकट उपलब्ध


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्य फिल्म हल झैँ न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन १ सय ७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको छ । 

प्रत्येक बुधबार र बिहीबार मूल्यमा दर्शकले प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने भएका छन् । अघिपछि भने टिकटको मूल्य ३ सय ५० रुपैयाँ भएता पनि साताको दुई दिन भने दर्शकलाई सुविधा दिएको जनाएका छन् । 

मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा बन्द गरिएको रञ्जना हल तेलुगू फिल्म ‘आरआरआर’ को प्रदर्शनसँगै पुनः सञ्चालनमा आएको थियो । ‘दर्शकहरुको सुविधालाई ध्यानमा राख्दै यस्तो सुविधा ल्याएका हौं,’ प्रबन्धक विनोद पौडेलले भने । गत चैत ११ देखि पुनः सञ्चालनमा आएको हलमा अहिले ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ०० बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज