जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली आपूर्ति गर्ने « Khabarhub

जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली आपूर्ति गर्ने


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली उपलब्ध गराउने भएको छ ।

सत्तारुढ गठबन्धनको उदारवादी फ्रि डेमोक्र्याट्स पार्टीका नेता योहान्नेस भोगलले सुडडोइच जेइतुङ अखबारलाई बताएअनुसार रक्षामन्त्री क्रिस्टिएन लाम्ब्रेख्टले साझेदारहरूसँग सल्लाह गरी यसबारे निर्णय गर्नेछिन् ।

भारी हतियार आपूर्ति नगरेको भनी जर्मनीभित्रै र अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको जर्मनीले युक्रेनलाई विमानभेदी प्रणाली उपलब्ध गराउन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि जर्मन चान्सलर ओलाफ शोल्जले युक्रेनलाई विमानभेदीट्यांकभेदी प्रणाली सहयोग गर्ने बाचा गरेको रोयटर्सले जनाएको छ ।

उनले यस्ता हतियारहरु रक्षात्मक भएको भन्दै जर्मनीको सैनिक मौज्दातमा रहेका केही हतियार युक्रेनलाई दिन सकिने बताएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ०५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा