पिसाब पोल्छ ? सचेत रहनुस्, यस्ता रोगको संकेत हुनसक्छ | Khabarhub Khabarhub

पिसाब पोल्छ ? सचेत रहनुस्, यस्ता रोगको संकेत हुनसक्छ


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पिसाब पोल्ने समस्या धेरैमा हुनसक्छ । तर धेरै व्यक्तिले पिसाब पोल्ने समस्यालाई सामान्य समस्या सोचेर व्यवस्ता गर्छन् । पिसाब पोल्ने समस्या महिला र पुरुष दुवैमा हुन्छ । यो समस्या कोही व्यक्तिमा केही समय मात्रै हुन्छ भने कसैमा महिनौंसम्म रहन्छ ।

पिसाब पोल्ने समस्या हुनु भनेको शरीरमा जटिल रोग लागेको हुनसक्ने संकेत पनि हो । त्यसैले पिसाब पोल्ने समस्या भएमा यसलाई सामान्य सोच्नु हुँदैन ।

पिसाब पोल्ने कारण यस्तो हुनसक्छ

–शरीरमा पानीको कमी,

–मुत्रनलीको संक्रमण,

–मिर्गौलामा पत्थरी

–कलेजोमा समस्या,

–अल्सर,

–गर्भवती अवस्थामा स्नायु तथा ढाडको हड्डीमा समस्या,

–विर्यमा हुने संक्रमण,

–यौनरोग,

–प्रोस्टेट ग्रन्थी बढ्नु,

–मधुमेह,

–कुपोषण तथा मूत्रनली खुम्चिनु ।

पिसा पोल्ने समस्या यी रोगहरुको लक्षण हुनसक्ने भएकाले पिसाब पोल्ने समस्या भएमा स्वास्थ्यसंस्थामा स्वास्थ्यचाँज गराउनुपर्छ ।

पिसाब पोल्न समस्या आउन नदिन यस्तो गर्नुस्

– दिनमा कम्तीमा ३ लिटर पानी पिउनु

– अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खाने,

–अमलाको रस  पिउने,

–नरिवलको पानी पिउँने,

– यौनांगको सरसफाईमा विशेष ध्यान दिनुपर्छ,

– यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ,

–मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त मात्रामा पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ,

– पिसाब पोल्ने समस्या लामो समय रहिरहेमा चिकित्सको परार्मशमा स्वास्थ्य जाँच तथा औषधि उपचार गराउनुपर्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ५ : ५९ बजे

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड