दिसा गर्दा धेरै पीडा हुन्छ ? यस्तो छ कारण र बच्ने उपाय « Khabarhub

दिसा गर्दा धेरै पीडा हुन्छ ? यस्तो छ कारण र बच्ने उपाय


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मलद्वार वरिपरिका रोगहरूमध्ये सबैभन्दा बढी मात्रमा पाइने रोग पाइल्स हो। यो मलद्वार भित्रबाट वा मलद्वार बाहिरबाट पनि उत्पत्ति भएको हुन सक्छ।

यो रोग खानपान र पाचन क्रियाका कारण लाग्ने गर्छ । रेशादार खानाको कम सेवन तथा प्रशोधित र मैदाबाट बनेका खानाको बढी सेवन गर्ने, फास्ट फुड, जंक फुडको बढी सेवन, माछा, मासु, अण्डाको बढी सेवन, मसलेदार तथा गरम मसलायुक्त खानेकुराको बढी सेवन गर्नेलाई यो रोग लाग्ने सम्भावना हुन्छ।

यस्ता खानेकुराले कब्जियत गराउँछ र पाइल्स रोगको मुख्य कारण निरन्तर कब्जियत भइरहनु हो।  जब कुनै व्यक्तिलाई कब्जियतका कारण दिसा गर्दा बल लगाउनुपर्ने अवस्था आउँछ, तब पाइल्स रोग देखा पर्ने सम्भावना बढी हुन्छ।

धुम्रपान र मद्यपानका कारण पनि यो रोग लाग्न सक्छ। कुनै निश्चित समयमा नै दिसा गर्ने बानी नबसालेमा पनि मलद्वारमा घाउ भई यो रोग देखा पर्न सक्छ। कुनै पाइल्स वंशाणुगत पनि हुन सक्छ।

पाइल्सको लक्षण ४ अवस्थाको हुन्छ

–पहिलो अवस्था

दिसा भइसकेपछि मलद्वारबाट रगत बग्नु। रगत ताजा हुनु, रगतको धारा नै बहनु वा तप तप गरी बहनु तर दुखाइ नहुनु यो अवस्थाको लक्षण हो।

–दोस्रो अवस्था

यस अवस्थामा दिसा गर्दा रगत बग्ने समस्या हुँदैन। बरु दिसा गर्दा मलद्वार भित्रबाट मासुको पिण्ड मलद्वार बाहिर निस्कने र दिसा गरी सकेपछि पुनः आफै भित्र छिर्ने गर्दछ।

–तेस्रो अवस्था

यस अवस्थामा दिसा गर्दा मास पिण्ड मलद्वारबाट बाहिर निस्कन्छ, तर आफैं भित्र छिर्दैन। उक्त मांस पिण्डलाई बिरामीले आफ्नो हातले भित्र पसाउनु पर्ने हुन्छ ।

–चौथो अवस्था

यो पाइल्सको अन्तिम तथा जटिल अवस्था हो। यस अवस्थामा दिसा गर्दा बाहिर निस्किएको मांसल पिण्ड बाहिर नै रहिरहन्छ। बिरामीले आफ्नो मलद्वार हातले मलद्वार भित्र पसाउँदा पनि केही बेर पछि पुनः बाहिर निस्किएर रहन्छ।

यी बाहेक दिसा कब्जियत हुने, मलद्वार वरिपरि चिलाउने, ओसिलो स्राव बग्ने लक्षणहरू पनि देखिन्छन्। पाइल्स सामान्य रोग भए पनि यो अत्यन्त कष्टप्रद हुन्छ।

यो चौथो अवस्थामा पुगिसकेपछि मलद्वारबाट निस्कएको मांस पिण्ड बन्द मलद्वारबाट च्यापिएर अन्यन्त पीडा हुने तथा उक्त मांस पिण्डलाई रक्तसंचार गर्ने रक्तनलीहरूमा अवरोध आई मांसपिण्ड विस्तारै सड्न थाल्दछ। यसरी सडिरहेको मांसपिण्डमा किटाणुहरूको संक्रमण हुन्छ। ती किटाणुहरू सम्पूर्ण शरीरमा फैलिन सक्छ र शरीरका विभिन्न अंगहरू संक्रमण फैलिन सक्छ।

यसरी हुन्छ उपचार

पाइल्स एउटा सामान्य रोग हो। यसको समयमा नै उपचार गर्दा सजिलै निको हुन्छ। पाइल्सको पहिलोदेखि तेस्रो अवस्थासम्म औषधीको सेवनबाट नै सन्चो हुन्छ भने चौथो अवस्था र कदाचित तेस्रो अवस्थामा औषधी सेवनबाट पनि सन्चो नभएमा सामान्य शल्यक्रियाबाट समूल उपचार गर्न सकिन्छ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ११ : ३६ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय